ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु « Khabarhub

ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली पत्रकारिताको इतिहासमा ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको हो। पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका पत्रकारत्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पदमभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको छ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त वृत्ति रकमबापतको चेक प्रदान गरेर ज्येष्ठ पत्रकार वृत्ति वितरणको प्रारम्भ गरेका हुन्। पहिलो वृत्ति पाउने ७६ वर्षीय पत्रकार अर्याललाई पाँच हजार रुपैयाँ, पाण्डेलाई सात हजार र ७७ वर्षीय खरेललाई १० हजार रुपैयाँ प्रदान गरिएको हो। उनीहरुलाई साउन महिनादेखि हरेक महिना बैंक खातामा जम्मा हुनेगरी वृत्ति रकम उपलब्ध गराइने सूचना तथा प्रसारण विभागले जनाएको छ।

पत्रकार वृत्ति स्थापना तथा सञ्चालन निर्देशिका २०७५ र पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ बमोजिम ज्येष्ठ पत्रकार वृत्ति वितरण गरिएको हो। मापदण्डमा ६५ देखि ६९ वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक सात हजार र ७६ देखि ८० वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ। कोषमा हाल रु छ करोड रकम जम्मा भइसकेको छ । उक्त रकमको ब्याजबाट वृत्ति वितरण गरिने जनाइएको छ।

ज्येष्ठ, द्वन्द्वपीडित र द्वन्द्वमा परी मुत्यु भएका पत्रकारको परिवारका सदस्यलाई आर्थिक तथा अन्य सहयोग प्रदान गर्न र पत्रकारको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले पत्रकार वृत्ति कोष सञ्चालनमा ल्याइएको हो ।

उक्त कोषमार्फत पत्रकारको क्षमता अभिवृद्धि र आर्थिकरुपमा विपन्न पत्रकारलाई आर्थिक सहयोग गरिने मापदण्डमा उल्लेख छ। तीस वर्ष निरन्तर पत्रकारिता गरेका ६५ वर्ष उमेर पूरा भएका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिइनेछ।

पहिलो वृत्ति प्राप्त गर्ने वरिष्ठ पत्रकार पदमभक्त खरेलले पत्रकारिता पेशाको सम्मानस्वरुप राज्यले पत्रकारको वृत्ति वितरणको राम्रो कामको सुरुआत गरेको बताए। उनले रकम सानै भए पनि राज्यकातर्फबाट पत्रकारिता पेशाप्रति इज्जत र प्रतिष्ठा बढाउन यसले प्रेरित गर्ने उल्लेख गरे।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : ५३ बजे

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा

कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा

‘तिब्बतीहरूको गतिविधि बढ्नु सरकारको नीति खतरनाक विचलन, गुम्बामा हतियार लुकाइएको हुन सक्छ’

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले