पहिराले पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध | Khabarhub Khabarhub

पहिराले पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।

सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।

पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको उहाँले बताउनुभयो। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला-बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : २७ बजे

मेयरको धम्कीपछि पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

रौतहट– रौतहटका पत्रकार रवीन्द्र प्रजापति घरैमा झुन्डिएको अवस्थामा भेटिएका छन्

सुनसरी–मोरङका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

सुनसरी– जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

चितवन-  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा