पहिराले पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध « Khabarhub

पहिराले पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।

सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।

पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको उहाँले बताउनुभयो। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला-बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : २७ बजे

‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी – जिल्लाको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर

विपिन र केकीको ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर–  यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् ।

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा– जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ