ढल फुटेर धोबीखोला कोरिडोर जलमग्न  | Khabarhub Khabarhub

ढल फुटेर धोबीखोला कोरिडोर जलमग्न 


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात् धोबी खोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ । ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदल यात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

ढल फुटेर रुद्रमती (धोबी खोला) मा मिसिन थालेको छ । ढल जाम भएर घर–घरमा छिर्न थालेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गरे। धोबी खोला कोरिडोर बनाउनुअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल बिच्छ्याएको  थियो ।

त्यसबेला गुणस्तरीय काम नभएकाले प्रत्येक वर्ष वर्षात्मा सयमा यो सडकमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । वडाध्यक्ष वीरेन्द्र प्रजापति कालो पुलसम्म ढल जाम हुँदा यस क्षेत्रमा समस्या भएको बताउँछन् । यस विषयमा अधिकार सम्पन्न वाग्मती समितिका इञ्जिनीयरलाई जानकारी गराएर स्थलगत रूपमा पनि देखाएको उनले जानकारी गराए।

अधिकार सम्पन्न वाग्मतीलाई देखाएको एक हप्ता पूरा भए पनि समस्या समाधानका लागि कुनै पहल भने भएको छैन । अधिकार सम्पन्न वाग्मतीले दुई दिनसम्म प्राविधिकलाई समस्या समाधानका लागि खटाएको जनाएको छ । समितिका सूचना अधिकारी कमल अर्याल त्यस क्षेत्रमा भूमिगत गरिएको विद्युत्को लाइनका कारण पनि ढल व्यवस्थापनमा समस्या भएको बताउँछन्। वर्षाद्मा खोलामा पस्न नसकिने र ढलमा बालुवा भरिएकाले पनि पानी बाहिर आएको उनले सुनाए।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : ३३ बजे

स्वास्थ्यमन्त्री पौडेलले भने- बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ

नवलपुर– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण

रुसको सुदूरपूर्वी कामचट्का प्रायद्विपमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

काठमाडौं– रुसको सुदूरपूर्वी भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शाहरुख खान ‘किङ्ग’ को सेटमा घाइते भएको खबर गलत ठहरियो 

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानको बारेमा हालै सामाजिक सञ्जालमा तीव्र

नवीकरणको एक वर्षपछि विद्या भण्डारीको सदस्यतालाई ओलीले बनाए ‘बार्गेनिङ टुल्स’

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वि.सं. २०३५ सालमा तत्कालीन नेकपा मालेको

वर्षाका कारण देशभरका यी ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौं– मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११