पवन गोल्यानको प्रश्न : विदेशमा रहेका नेपालीले बैंक खाता कहिले खोल्न पाउँछन् ? « Khabarhub

मौद्रिक नीति छलफल

पवन गोल्यानको प्रश्न : विदेशमा रहेका नेपालीले बैंक खाता कहिले खोल्न पाउँछन् ?

'साना लगानीकर्ता बचाउन नसके देश दुर्घटनामा फस्छ'


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : व्यवसायी पवन गोल्यानले विदेशमा रहेका धेरै नेपालीले बैंक खाता खोल्न नपाएको भन्दै गम्भीर प्रश्न खडा गरेका छन् । विदेशमा रहेका नेपालीले रेमिट्यान्सबाट नेपालमा पैँसा पठाइरहेपनि उनीहरुले खाता खोल्न नपाएको उनले बताए । विदेशमा रहेका नेपालीले बैंकिङ खाता खोल्न नपाउँदा ठूलो पैँसाको स्रोत सरकारको तथ्यांकबाट बाहिर गएको उनको भनाई छ ।

खबरहबले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपालमा रहेका विदेशीले सजिलै बैंक खाता खोल्न पाउने भएपनि विदेशमा रहेका नेपालीले सजिलै खाता खोल्न नसकेको उनको भनाई छ । यसतर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्ने उनले बताए ।

‘विदेशमा रहेका नेपाली कहिलेसम्म खाता खोल्नबाट बञ्चित भइरहनुपर्ने हो’, उनले कार्यक्रममा भने, ‘नेपालीले खाता खोलेर त्यो पैँसा नेपाल पठाउँदा वार्षिक ५ खर्ब पैँसा आउँछ । तर खाता खोल्न नपाउँदा त्यो पैंसा तथ्यांकमै देखिन पाएको छैन । यसतर्फ राष्ट्र बैंकको ध्यान जाओस् ।’

बैंक सञ्चालकलाई राष्ट्र बैंकले गोठालो बनाएको पनि उनले टिप्पणी गरे । व्यवसायी र राष्ट्र बैंकको कोपभाजनमा बैंक सञ्चालक रहेको पनि उनले बताए ।

साथै उनले सबै सरोकारवालाले खाद्य सुरक्षा नगरेको खण्डमा देशमा अर्को संकट आउन सक्ने पनि उनले चेतावनी दिए । किसान र अन्नदातालाई सुरक्षा दिन नसकेको खण्डमा देशमा ठूलो क्षति हुन सक्ने पनि उनले चिन्ता व्यक्त गरे ।

शेयर बजार लगायत सबै क्षेत्रका साना व्यापारीलाई जोगाउन नसके देश दुर्घटनामा फस्ने पनि उनले बताए । आफूले ठूलो लगानीकर्तालाई रोकेर साना लगानीकर्तालाई ऋण उपलब्ध गराएको पनि उनले बताए ।

‘हामी सबैले गम्भीर भएर सोचौँ, किसान र अन्नदातालाई सुरक्षा दिन नसक्ने हो, उनीहरुलाई उद्धार गर्ने र बचाउने नीति ल्याउन नसक्ने हो वा साना लगानीकर्ता बचाउन नसक्ने हो भने देश दुर्घटनामा जान्छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ४ : १४ बजे

भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको बिस्का : सुरु

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का: (बिस्केट) जात्रा

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका