‘ब्ल्याक प्यान्थर:वाकान्डा फरेभर’ : ट्रेलरले बनायो नयाँ रेकर्ड « Khabarhub

‘ब्ल्याक प्यान्थर:वाकान्डा फरेभर’ : ट्रेलरले बनायो नयाँ रेकर्ड


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मार्भल सिनेम्याटिक युनिभर्सको सुपरहिरो मध्येका एक ‘ब्ल्याक प्यान्थर’ को नयाँ सिरिज ‘वाकान्डा फरेभर’ को सार्वजनिक ट्रेलरले नयाँ इतिहास बनाएको छ। ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ ’को टिजरले दर्शक संख्यामा रेकर्ड कायम गरेको छ । गत शनिबार सार्वजनिक भएको फिल्मको टिजरले २४ घन्टामा १ सय ७२ मिलियन अर्थात् लगभग २१ अर्ब हाराहारी दर्शक पाएको छ ।

२४ घन्टाकै अवधिमा फिल्मले ८ लाख ९३ हजार मेन्सन पाएको छ जसलाई पनि मार्भलका फिल्मको इतिहासमा सर्वाधिक मानिएको छ । फिल्मका मुख्य अभिनेता चाडविक बोसेमनको मृत्युलाई यसको मुख्य कारण मानिएको छ । टिजर सार्वजनिक समारोहका फिल्मको सम्पूर्ण टिमले फिल्म चाडविकप्रति नै समर्पित रहेको बताएका थिए । फिल्मको ट्रेलरमा वाकान्डाको जलीय वातावरण, भविष्यको प्रविधि र सेतो पहिरन लगाएका वाकन्डाहरुको भीडसँगको अन्त्येष्टिजस्तो देखिने तस्वीरसँगै ट्रेलर सुरु हुन्छ ।

केन्ड्रिक लामारको गीत ‘अलराइट’ बाट सुरु हुने ट्रेलरमा ब्ल्याक प्यान्थर चरित्रमा चाहिँ को देखिनेछ ? भन्ने प्रश्न जवाफ स्पष्ट हुँदैन । अघिल्लो श्रृंखलामा ब्ल्याक प्यान्थर सुपर हिरोको रुपमा देखिँदै आइरहेका अभिनेता चाडविक बोसम्यानको निधन क्लोन क्यान्सरको कारण सन् २०२० मा भइसकेको छ। यसकारण नयाँ ब्ल्याक प्यान्थर को बन्दैछन् वा उनको चरित्रलाई कसरी मार्भलको सिनेम्याटिक युनिभर्समा हस्तान्तरण गरिएको छ भन्ने कौतुहलता दर्शक समक्ष छ। रायन कुगलरको निर्देशनमा तयार फिल्ममा लुपिता न्योगोलेलिता राइटको मुख्य भूमिका छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ०३ बजे

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी