‘ब्ल्याक प्यान्थर:वाकान्डा फरेभर’ : ट्रेलरले बनायो नयाँ रेकर्ड « Khabarhub

‘ब्ल्याक प्यान्थर:वाकान्डा फरेभर’ : ट्रेलरले बनायो नयाँ रेकर्ड


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मार्भल सिनेम्याटिक युनिभर्सको सुपरहिरो मध्येका एक ‘ब्ल्याक प्यान्थर’ को नयाँ सिरिज ‘वाकान्डा फरेभर’ को सार्वजनिक ट्रेलरले नयाँ इतिहास बनाएको छ। ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ ’को टिजरले दर्शक संख्यामा रेकर्ड कायम गरेको छ । गत शनिबार सार्वजनिक भएको फिल्मको टिजरले २४ घन्टामा १ सय ७२ मिलियन अर्थात् लगभग २१ अर्ब हाराहारी दर्शक पाएको छ ।

२४ घन्टाकै अवधिमा फिल्मले ८ लाख ९३ हजार मेन्सन पाएको छ जसलाई पनि मार्भलका फिल्मको इतिहासमा सर्वाधिक मानिएको छ । फिल्मका मुख्य अभिनेता चाडविक बोसेमनको मृत्युलाई यसको मुख्य कारण मानिएको छ । टिजर सार्वजनिक समारोहका फिल्मको सम्पूर्ण टिमले फिल्म चाडविकप्रति नै समर्पित रहेको बताएका थिए । फिल्मको ट्रेलरमा वाकान्डाको जलीय वातावरण, भविष्यको प्रविधि र सेतो पहिरन लगाएका वाकन्डाहरुको भीडसँगको अन्त्येष्टिजस्तो देखिने तस्वीरसँगै ट्रेलर सुरु हुन्छ ।

केन्ड्रिक लामारको गीत ‘अलराइट’ बाट सुरु हुने ट्रेलरमा ब्ल्याक प्यान्थर चरित्रमा चाहिँ को देखिनेछ ? भन्ने प्रश्न जवाफ स्पष्ट हुँदैन । अघिल्लो श्रृंखलामा ब्ल्याक प्यान्थर सुपर हिरोको रुपमा देखिँदै आइरहेका अभिनेता चाडविक बोसम्यानको निधन क्लोन क्यान्सरको कारण सन् २०२० मा भइसकेको छ। यसकारण नयाँ ब्ल्याक प्यान्थर को बन्दैछन् वा उनको चरित्रलाई कसरी मार्भलको सिनेम्याटिक युनिभर्समा हस्तान्तरण गरिएको छ भन्ने कौतुहलता दर्शक समक्ष छ। रायन कुगलरको निर्देशनमा तयार फिल्ममा लुपिता न्योगो र लेलिता राइटको मुख्य भूमिका छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ०३ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र