दाङका विद्यालयमा बढे ज्वरोका बिरामी, पठनपाठनमा समस्या | Khabarhub Khabarhub

दाङका विद्यालयमा बढे ज्वरोका बिरामी, पठनपाठनमा समस्या


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – जिल्लामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी हुन थालेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक १० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोबाट प्रभावित बन्न थालेका छन्।

‘दैनिक विद्यार्थी भाइरलको सङ्क्रमणले थला पर्ने गरेका छन्’, उनले भने । ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिन थालेको उनले बताए। तुलसीपुरस्थित ग्रेट अरनिको माविमा अध्ययनरत विद्यालयका विद्यार्थीहरूमा पनि त्यस्तै समस्या देखिन थालेको छ । स्कुलका प्रिन्सिपल विष्णुकुमार देवकोटाका अनुसार बिरामीकै कारण दैनिक चार–पाँच विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिनियर अहेब विष्णु गिरीका अनुसार स्वास्थ्य संस्थामा आउने ५० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेका छन् । ‘उपमहानगरपालिका भित्रका हरेक स्वास्थ्य संस्थामा ज्वरोका बिरामी भर्ना हुन थालेका छन्’, उनले भने । बिरामी बढ्न थालेपछि अहिले अभिभावकलाई विद्यार्थीलाई उपचार गराएर मात्र विद्यालय पठाउन आग्रह गरिएको उनले बताए।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ५९ बजे

मोसादको मुख्यालयमा इरानी आक्रमण, सेनाको जासुसी विभागको भवन पनि निशानामा

तेलअभिभ– इजरायल र इरानबीचको संघर्ष पाँचौं दिनमा पनि जारी छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान

 काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

ढोरपाटन– बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि

करेन्ट लागेर एक जनाको मृत्यु

रुपन्देही– समम्मरीमाई गाउँपालिका-४ जिगिना बस्ने ३२ वर्षीय मनगाठु लोधको करेन्ट लागेर सोमबार

इरानको राजधानी तेहरानमा रहेका आफ्ना विद्यार्थीलाई भारतले निकाल्यो

काठमाडौं– भारतले इरानको राजधानी तेहरानमा रहेका आफ्ना विद्यार्थीलाई त्यहाँबाट निकालेको