‘स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ’ « Khabarhub

‘स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ’


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिए। मन्त्री खापुङले परिषद्को कर्मचारीको समस्या समाधान गर्नेसमेत बताए।

सोही अवसरमा  स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताए ।

उनले संरचना परिवर्तन नगरी मुलुक नबन्ने भन्दै परिषद्को पनि संरचना परिवर्तन गर्नुपर्ने भनाइ राखे। परिषद् अध्यक्ष प्रा डा गेहनाथ बरालले परिषद्का नीतिगत र प्रक्रियागत कामलाई पूरा गर्नुपर्ने बताए। कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले परिषद्ले अहिलेसम्म गरेका कामको बारेमा मन्त्रीद्वयलाई जानकारी गराए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : २९ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको