कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि आयोजित लाइभ बहस कार्यक्रममा प्रस्तोता नै बेहोस भएपछि… « Khabarhub

कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि आयोजित लाइभ बहस कार्यक्रममा प्रस्तोता नै बेहोस भएपछि…


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतको कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि आयोजित लाइभ बहस कार्यक्रममा प्रस्तोता नै बेहोस भएकी छन् । बहस कार्यक्रममा प्रस्तोता बेहोस भएपछि कार्यक्रम रद्द गरिएको छ । पार्टी नेतृत्वका लागि ऋषि सुनक र लिज ट्रस बीचको पछिल्लो बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम रोकिएको हो ।

पत्रकार केट म्याकनद्वारा आयोजित सन र टकटिभी बहस ठूलो आवाज सुनिएपछि अचानक बीचमै रोकिएको थियो । टकटीभीका अनुसार म्याकक्यान “ठीक’’ थिइन तर कार्यक्रमलाई निरन्तरता नदिन सल्लाह दिइएको थियो ।

उक्त घटनापछि च्यानलले माफी मागेको छ । ‘हामी हाम्रा दर्शक र श्रोताहरूसँग माफी चाहन्छौं’, च्यानलले भनेको छ ।

म्याकक्यान ठीक भएको खवरले आफूहरूलाई राहत मिलेको नेतृत्वका उम्मेदवारहरूले ट्वीट गरेका छन् । टकटीभी प्रस्तोताले द सनका राजनीतिक सम्पादक ह्यारी कोलको साथमा बहसको सह–आयोजना गर्ने कार्यतालिका थियो । तर, उनलाई कोभिड भएपछि कार्यक्रममा आएका थिएनन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ४५ बजे

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो