विशेष आयोजनाको निर्माण कार्य छिटो समपन्न गर्न मन्त्री चौधरीको निर्देशन « Khabarhub

विशेष आयोजनाको निर्माण कार्य छिटो समपन्न गर्न मन्त्री चौधरीको निर्देशन


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहरी विकासमन्त्री मेटमणि चौधरीले ठूला र विशेष आयोजनाको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले निर्माणको काम समयमा नै सम्पन्न गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

कार्यभार सम्हालेको यस अवधिमा नयाँ सहरतर्फ ११ वटा भवन निर्माण, चार सय सडक बत्ती जडान, पाँच हाटबजार, दुई बसपार्क, पाँच खेल मैदान, पाँच पार्क निर्माण, तीन खानेपानी आयोजना निर्माण र तीन वटा जग्गा एकीकरण आयोजनाको सुरुआत गरेको पनि जानकारी गराए ।

नेपाल सहरी शासकीय पूर्वाधार विकास आयोजनाअन्तर्गत पोखरामा करिब रु एक अर्ब र तिलोत्तमा नगरपालिकामा करिब रु ७८ करोड लागतको सडक निर्माण कार्यको सम्झौता भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

त्यसैगरी मोरङ जिल्लाको उर्लाबारीमा करिब रु ५१ करोड र विर्तामोड नगरपालिकामा करिब रु ७६ करोड लागतमा सडक निर्माण कार्य अघि बढाइएको जनाइएको छ । त्यसैगरी सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत एक महिनामा करिब १५ हजारको सङ्ख्यामा आवास एकाइको निर्माण कार्य सम्पन्न भएको छ ।

त्यस्तै ३५ परिवारको लागि यस अवधिमा आवासको छाना छाउने काम सम्पन्न भई अन्य निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नै आगामी दुई महिनाभित्र करिब २० हजार आवासको फुसको छानो फेर्ने पनि पत्रकार सम्मेलनमा मन्त्री चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ९ : १८ बजे

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

चौतारा– यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भए

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?

काठमाडौं- सरकारले शनिबारदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी वस्ती हटाइरहेको

ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगा-जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका

खाताबाट २० हजार झिक्न नदिएपछि बहिनीको कंकाल नै बोकेर बैंकमा पुगे वृद्ध

ओडिशा (भारत) – ओडिशा राज्यको क्योन्झर जिल्लामा सोमबार अचम्म लाग्दो

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले