छानबिन समितिले आज प्रतिवेदन लेखन सक्ने « Khabarhub

सिसिटिभी प्रकरण : 

छानबिन समितिले आज प्रतिवेदन लेखन सक्ने


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले आज प्रतिवेदनलाई अन्तिम रुप दिने भएको छ।

थपिएको ७ दिनको म्याद सकिने दिन आज राति ११ बजेसम्म भए पनि प्रतिवेदन सकेर भोलि बुझाउने तयारी रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

त्यसका लागि आज मध्याह्न साढे १२ बजे समितिको बैठक बस्दैछ । बैठक बस्नुअघि पनि सर्वसम्मत प्रतिवेदन तयार गर्न सांसदहरुबीच अनौपचारिक छलफल हुने उनले बताए।

हिजो पनि लगातार ६ घण्टा बैठक बसेर समितिले प्रतिवेदन लेखन सुरु गरेको थियो । प्रतिवेदन सर्वसम्मत बनाउन औपचारिक र अनौपचारिकरुपमा छलफल भइरहेकाले उनले बताए।

बुधबार नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट हेरेर विज्ञको सुझाव लिएको समितिले हिजोदेखि प्रतिवेदन लेख्न थालेको थियो।  २२ असारमा गठन भएर एक सातापछि काम सुरु गरेको समितिले तोकिएको दश दिनभित्र निष्कर्षमा पुग्न नसकेपछि साउन ५ गते ७ दिन म्याद थपिएको थियो।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री शर्माले जेठ १४ गतेको मध्य राति अर्थ मन्त्रालयमा दुई जना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा राजीनामा दिएका थिए। त्यसबारे छानबिन गर्न समिति बनेको थियो।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : २० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल