तनहुँका जनप्रतिनिधिले बुझाएनन् चुनावी खर्चको विवरण | Khabarhub Khabarhub

तनहुँका जनप्रतिनिधिले बुझाएनन् चुनावी खर्चको विवरण


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनको मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाइसक्नुपर्ने कानुनी प्रावधान भए पनि उनीहरूले हालसम्म विवरण बुझाएका छैनन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तनहुँबाट एक हजार ६ सय ३७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । हालसम्म चार सय एक जनप्रतिनिधिले चुनावी खर्चको विवरण बुझाएका छन् भने एक हजार दुई सय छत्तीसले अझै बुझाएका छैनन् ।

कार्यालयले गत जेठ मसान्तसम्म निर्वाचन खर्चको विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धीरेन्द्र शाहीका अनुसार खर्च विवरण नबुझाउनेमा अधिकांश पराजित र केही निर्वाचित उम्मेदवार छन् । भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित तथा पराजित उम्मेदवारले पनि खर्च विवरण बुझाएका छैनन् ।

त्यसैगरी, भानु नगरपालिकाका प्रमुख उपप्रमुखमा निर्वाचित, वडाध्यक्ष र वडा सदस्य कसैले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । अधिकांश निर्वाचित उम्मेदवारले नै खर्चको विवरण बुझाउन अटेर गर्दै आएको पाइएको छ । आँबुखैरेनी गाउँपालिकामा निर्वाचित उम्मेदवारले खर्च विवरण बुझाए पनि अन्य पालिकाका उम्मेदवारले भने आलटाल गर्दै आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले खर्चको विवरण बुझाउने उम्मेदवारको तथ्याङ्क पठाउन पटक–पटक ताकेता गरेपछि प्राप्त भएकाको मात्रै तथ्याङ्क पठाइएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ११ : १५ बजे

आजका समाचार : प्रचण्डविरुद्ध खनिँदै एमाले, संसद्‌मा रास्वपाको फरक रूप र  इरान-इजरायल तनाव जारी 

दुई बुँदे सहमति भएको एक साता नबित्दै प्रचण्डविरुद्ध खनिँदै एमालेसत्ताको

स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

काठमाडौं– त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले टस जितेको

सरकारले बेचेको चिया बगान : एकातिर सुकुम्बासी, अर्कातिर संघाई ग्रुप

झापा– पूर्वी नेपालका झापा, इलाम र पाँचथर जिल्ला चिया बगानका

इरानको बैंकमा व्यापक साइबर हमला, सेवा प्रभावित

काठमाडौं– इरानको बैंकमा व्यापक साइबर आक्रमण भएको छ । इरानको

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भरतपुर– पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको