रोमानियामा ‘वर एण्ड वधु’ « Khabarhub

रोमानियामा ‘वर एण्ड वधु’


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विगत केही दिन यता रोमानियाको रमणीय दृश्यमा फिल्म ‘वर एण्ड वधु’ को छायांकन भइरहेको छ। रोमान्टिक कमेडी जनरामा तयार भइरहेको फिल्ममा आँचल शर्मासँग नवनायक विवेक कर्माचार्यले अभिनय गरिरहेका छन्। विवेक यसै फिल्ममार्फत डेब्यु गर्दैछन्। यो जोडी स्क्रिनमा कस्तो देखिने हो रु भन्ने चर्चाकैबीच रोमानिया छायांकन सकिन केही दिन मात्र बाँकी रहेको समयमा निर्माणपक्षले केही तस्वीरहरू सार्वजनिक गरेको छ । जहाँ, आँचल र विवेक रोमान्टिक देखिएका छन् ।

निर्देशक मिलन चाम्सका अनुसार फिल्मको तीन दिनपश्चात पहिलो सेड्युल सकिने छ। ‘हामीले डायस्पोरा सेड्युल सकाएर बाँकी नेपालमा छायांकन गर्नेछौँ’ निर्देशक चाम्सले भने । रोमानियामा छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी निर्देशक चाम्सको छ । 

फिल्ममा आँचल र विवेकसँगै विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा हुनेछिन् ।

नेपालीसँगै हिन्दी भाषामा निर्माण हुने फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । अन्तर्राष्ट्रिय बजारको खोजीमा फाइदा पुग्ने उद्देश्यले हिन्दी भाषामा समेत फिल्मलाई निर्माण गर्न लगिएको निर्देशक चाम्सले बताए । विवाहको परम्परालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिने फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन्।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १२ : २१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र