विभिन्न स्थानमा तीन जनाको शव फेला  « Khabarhub

विभिन्न स्थानमा तीन जनाको शव फेला 


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर, सिरहा र संखुवासभामा तीन जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–२१ स्थित सुनील महर्जनको गोठमा एक जना मृत अवस्थामा भेटिएको छन् । 

उनी सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ रहेको प्रहरीले जनाएको छ । सोही गोठको  भर्‍याङमुनि बुधबार उनी मृत अवस्थामा फेला परेका हुन् । उनी त्यही गोठमा बस्दै आएका थिए । 

सिरहाको मिर्चैया नगरपालिका–१० मथलेश्वर बस्ने २७ वर्षीया विमला देवी यादव आफ्नै घरको ढोका नजिक बुधबार मृत अवस्थामा फेला परेकी छिन् । संखुवासभाको खाँदबारी  नगरपालिका–२ अमले भञ्ज्याङस्थित सडकमा सोही ठाउँ बस्ने ७१ वर्षीया कमला परियार दर्जी बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १२ : ३७ बजे

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने