बाँकेमा बढ्दै कोरोना संक्रमण, सतर्कता अपनाउन आग्रह « Khabarhub

बाँकेमा बढ्दै कोरोना संक्रमण, सतर्कता अपनाउन आग्रह


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – बाँकेमा खुला सिमानाका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ५७ पुगेको छ ।

सीमा क्षेत्र जमुनाह र भेरी अस्पतालमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

ती बिरामीमा विगतमा जस्तो डरलाग्दो अवस्था नभएको र सामान्य रुघाखोकीको लक्षण मात्रै देखिएकाले  आत्तिनुपर्ने अवस्था नभएको उनले बताए। भेरी अस्पताल नेपालगन्जमा १६ जनाको पिसीआर परीक्षण गर्दा दुई र जमुनाहानाकामा एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो ।

अधिकांशले होमआइसोलेशनमा स्वास्थ्य लाभ गरिरहेका छन् । सोसँगै जिल्लामा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार १५४ पुगेको उक्त केन्द्रले जनाएको छ ।  बाँकेमा अहिलेसम्म २० हजार ७४३ कोरोना सङ्क्रमित निको भइसकेका र  ३५४ जनाको मृत्यु भएको थियो ।

पछिल्लो केही दिनदेखि कोरोना सङक्रमितको सङ्ख्या बढ्दै गएपछि सीमा क्षेत्रमा आवतजावतमा कडाइ गर्नाका साथै स्वास्थ्य मापदण्ड पालना गर्नसमेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १२ : ४६ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र