स्वीकृति नलिई वित्तीय कारोबार नगर्न राष्ट्र बैंकको आग्रह | Khabarhub Khabarhub

स्वीकृति नलिई वित्तीय कारोबार नगर्न राष्ट्र बैंकको आग्रह


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न/नगराउन सरोकार भएका सबैलाई आग्रह गरेको छ ।

केन्द्रीय बैंकले एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा क्यासिनो, होटल, रिसोर्ट, अस्पताल, विद्यालय र कलेज आदिको नाममा न्यूनतम् दरमा ऋण उपलब्ध गराउने भन्दै प्रकाशित विज्ञापनप्रति गम्भीर ध्यानाकर्ष भएको सन्दर्भमा उक्त आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम निक्षेप लिन वा कर्जा दिन बैंकको स्वीकृति लिनुपर्नेछ । बैंक वा वित्तीय संस्थाले बाहेक अन्य कसैले पनि बैंकिङ तथा वित्तीय कारोबार गर्न नपाउने कानूनी व्यवस्था छ । उक्त व्यवस्था विपरीत कसैले त्यस्तो कार्य गरे/गराए प्रचतिल कानून बमोजिम कारवाही हुने बैंकले जनाएको छ ।

बैंककले स्पष्ट शब्दमा भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाबाहेक कोही कसैले निक्षेप सङ्कलन र कर्जा प्रवाह गरेको पाइए कानूनबमोजिम कारवाही हुने भएकाले त्यस्तो कार्य नगर्न/नगराउन आग्रह गरिन्छ ।’

यही असार ४ गते मार्केट पर्स ग्लोबल कम्पनीले ६ प्रतिशत ब्याजदरमा रु पाँच अर्बसम्म ऋण दिने भन्दै विज्ञापन प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ८ : ०६ बजे

शावित्राको आँशु : बहुविवाह गर्ने प्रहरीलाई कारबाही होस्

काठमाडौं – प्रहरी परिसर भक्तपुरमा कार्यरत भरत बस्नेतले बहुविवाह गरेको

व्यावसायिक अकबरे खुर्सानीखेती फस्टाउँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी

रातो खुर्सानीले सजिएको खोकना (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । 

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ– मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा सुक्खा पहिरो