रहेनन् बर्मेली स्वरसम्राट गायक पदम थापा  « Khabarhub

रहेनन् बर्मेली स्वरसम्राट गायक पदम थापा 


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बर्माका नेपाली सांगीतिक आकाशको धूर्व ताराको रुपमा परिचित गायक पदम थापाको निधन भएको छ । बर्मामा कालजयी गीतका सर्जक मानिने स्वरसम्राट बर्मेली गायक थापाको ७७ वर्षको उमेरमा स्थानीय समय अनुसार बिहान ६ बजे निधन भएको हो। कलौनगर अउंबान म्यान्मार बस्ने गायक थापाको निधन उच्च रक्तचाप लगायतका स्वास्थ्य समस्याको कारण भएको हो । 

केही दिन यता बिरामी रहेका गायक थापाको स्वास्थ्यमा अपेक्षित रुपमा सुधार नआएपछि उनलाई दुई दिन अगाडि मात्र अस्पतालबाट घर लगिएको थियो। बर्मेली कवि, साहित्यकार तथा अखिल म्यान्मार देशीय गोर्खा हिन्दु धार्मिक संघका पूर्व उपाध्यक्ष लक्ष्मण न्यौपानेले उनको अन्तेष्टी नेपाली परम्परा अनुसार भएको बताए। ‘उहाँको अनुपस्थिति त अवश्य खट्किने छ।  किनकी उहाँ बर्मेली नेपालीको लागि स्वरसम्राट हुनुहुन्छ’ उनले भने। 

बर्मामा हिन्दु परम्परालाई नेपाली परम्परा भनिन्छ। स्वर्गीय गायक थापाको श्रीमती, २ छोरा र एक छोरी छन् । कवि न्यौपानेका अनुसार उनको वर्षाको झरी जस्तो गीत कालजयी छ। स्वर्गीय गायक थापाले एक भजन सहित ९ एल्बम निकालेका छन् । उनको जीवन संगीतमै समर्पित छ। ‘उहाँको जीवन संगीतमा भविष्य देख्नेलाई प्रेरणा बन्न सक्छ’ कवि न्यौपानेले भने। 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  २ : १३ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली