१ भदौदेखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा | Khabarhub Khabarhub

१ भदौदेखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ गर्ने  नुवाकोटको सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैँका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।

स्थानीयवासीले आज पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैँका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो ।

हानगरपालिकासँग गत जेठ २७ गते भएको सम्झौता अनुरूप  काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी  दिए ।

यसअघि आज काठमाडौँ महानगरपालिकाको फोहोर बोकेको गाडी नुवाकोट बञ्चरेडाँडाका स्थानीयवासीले  पुन अवरोध  गरेका थिए । फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई  स्थानीयले अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको काठमाडौँ महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले  बताएका छन् ।

सडक निर्माणको काम भइरहेको भन्दै महानगरले एक सातादेखि फोहोर संकलन गर्ने कार्य  आजदेखि सुरु गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १ : १५ बजे

इरानको बैंकमा व्यापक साइबर हमला, सेवा प्रभावित

काठमाडौं– इरानको बैंकमा व्यापक साइबर आक्रमण भएको छ । इरानको

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भरतपुर– पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको

इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी

काठमाडौं– इरानले इजरायलको अमेरिकामा निर्मित अर्को एफ ३५ लडाकु विमान

भाषिक विवादमा फसेका नायक कमलाई राहत, अदालतले भन्यो- अनिवार्य रूपमा फिल्म प्रदर्शन हुनुपर्छ

काठमाडौं – भाषिक विवादमा फसेका दक्षिण भारतीय नायक कमल हसनलाई

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका