१ भदौदेखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा « Khabarhub

१ भदौदेखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ गर्ने  नुवाकोटको सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैँका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।

स्थानीयवासीले आज पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैँका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो ।

हानगरपालिकासँग गत जेठ २७ गते भएको सम्झौता अनुरूप  काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी  दिए ।

यसअघि आज काठमाडौँ महानगरपालिकाको फोहोर बोकेको गाडी नुवाकोट बञ्चरेडाँडाका स्थानीयवासीले  पुन अवरोध  गरेका थिए । फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई  स्थानीयले अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको काठमाडौँ महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले  बताएका छन् ।

सडक निर्माणको काम भइरहेको भन्दै महानगरले एक सातादेखि फोहोर संकलन गर्ने कार्य  आजदेखि सुरु गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १ : १५ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको