लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन « Khabarhub

लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन


१२ श्रावण २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाइ सुदूरपश्चिम प्रदेश र लालझाडी गाउँपालिकाको साझेदारीमा पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना सञ्चालन गरिएको हो ।

परियोजना सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको रु एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाखको साझेदारीमा परियोजना सञ्चालन गरिएको छ ।

विद्यार्थीको बीचमै विद्यालय छाड्ने दरमा कमी ल्याउन, श्रमप्रतिको सकारात्मक भावनाको विकास गर्न, सीपमूलक शिक्षाप्रति विद्यार्थी तथा युवाको उत्प्रेरणा जगाउन, निम्न आर्थिक आय भएका विद्यार्थी अभिभावकको शिक्षामा गर्नुपर्ने लगानीको दायित्व कम गर्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख सिद्धराज भट्टले बताए ।

उनका अनुसार परियोजनाअन्तर्गत कपी उद्योग, माछापालन, मौरीपालन, गमला निर्माण, खेलौना निर्माण, सेनेटरी प्याड निर्माण र वृक्षरोपणलगायतका कार्यक्रम सञ्चालन गरिएका छन् । कार्यक्रमबाट पाँच सय विद्यार्थी र तीन सय युवा गरी सात सयलाई उद्यमशीलता कार्यक्रममा सहभागी गराइएको छ ।

‘कार्यक्रमको प्रकृति हेरी पूर्वाधार निर्माण र तालिममा रकम लगानी गर्छौं’, शिक्षा शाखा प्रमुख भट्टले भने, ‘परियोजनाअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि तालिम दिने कार्य सुरु भइसकेको छ ।’

परियोजनाको अवधि दुई वर्षको छ । हालसम्म बेतबाँसका सामग्री निर्माण गर्ने कार्यक्रम सुरु भइसकेको छ भने विद्यालय नजिकका नदी तटीय क्षेत्रमा विभिन्न प्रजातिका एक हजार बोट बाँस रोप्ने कार्य सुरु गरिएको छ ।

नदी तटीय क्षेत्रको १० बिघा जग्गामध्ये सात बिघामा सात सय बाँस खेतीका लागि बिरुवा रोपिएका छन् । अन्य कार्यक्रम सञ्चालनका लागि पूर्वतयारीका कार्य भइरहेका छन् । पढ्दै कमाउँदै कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये पाँच पालिका छनोटमा परेका भए पनि कार्यक्रम सञ्चालन गर्ने पालिका लालझाडी मात्रै रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ९ : ४८ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम