पाँच करोडको भवन निर्माण सकिएसँगै भत्किन थाल्यो  « Khabarhub

पाँच करोडको भवन निर्माण सकिएसँगै भत्किन थाल्यो 


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएर नसर्दै भत्किन थालेको छ। निर्माण सम्पन्न भएको भन्दै पालिकाले लाखौँ रुपैयाँ खर्च गरेर तामझामका साथ उद्घाटन गरे पनि नसर्दै भवन भत्किन थालेको हो।

गत १२ चैतमा निर्माण सम्पन्न भएको भन्दै गाउँपालिकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रूपमा बोलाएर तामझामका साथ भवन उद्घाटन गरेको थियो। गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र बारपाक सुलिकोट गाउँपालिकाको साझेदारीमा पाँच करोड १० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो । पालिकाले करोडौँ रुपैयाँ लागतमा निर्माण गरेको भवनमा सरेर कार्य सम्पादन सुरु गरिसकेको छैन।

तर, पालिकाको भवनको दोस्रो तल्लामा चर्किएर पानी छिर्न थालेको छ। छिरेको पानीले भवनभित्रको कोठा तालिएको छ। चर्किएको ठाउँबाट अत्यधिक पानी छिर्न थालेपछि गाउँपालिकाले भित्रबाट पलाष्टिक र बाहिरबाट हरियो कपडाले ओत दिएको छ । यस्तै पिल्लर र ढलान पनि चर्किन थालेको छ । भुईँ तला दबिन थालेको छ ।

‘टाढाबाट हेर्दा मात्रै चिटिक्क हो । भित्र पानी बसेर कोठाभित्रै ताल छ । भुईँ तला पनि केही इन्च दबिएको छ । पिल्लर र भित्ताहरु पनि चर्किन सुरु भइसक्यो । कमिसन नखाई, भ्रष्टाचार नगरी, गुणस्तरीय काम गरेको भए बनिसकेको केही महिना नपुग्दै यस्तो हुन्थ्यो र ?’, नाम नबताउने सर्तमा पालिकाका एक प्रतिनिधिले भने ।

प्रशासकीय भवनका लागि करोडौँ रुपैयाँ खर्च गरे पनि हालसम्म गाउँपालिकाले भाडाको घरबाट सेवा दिइरहेको छ । करोडौँको लागतमा भवन निर्माण गरे पनि प्रयोग गर्न नपाएपछि गाउँपालिकाको लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ।

कर्मचारीहरू ज्यान जोखिममा राखेर जीर्ण भवनमा सरेर सेवा दिन नसकिने बताउँछन् । भवन निर्माणका लागि नवकान्तिपुर कन्स्ट्रक्सन कम्पनी प्रालिले जिम्मा लिएको थियो । प्रचण्ड भवन उद्घाटन गर्न माउन्टेन एयरको हेलिकप्टरबाट गोरखा आएका थिए । प्रचण्ड सँगसँगै माओवादीका नेता नारायणकाजी श्रेष्ठ, सांसद हरिराज अधिकारी, लगायत जिल्लास्तरीय नेताहरु उपस्थित थिए ।

पालिकाको भवन उद्घाटनमा आए पनि प्रचण्डले स्थानीय निर्वाचन केन्द्रित हुन भन्दै मन्चबाटै कार्यकर्तालाई निर्देशन दिएका थिए । भवन उद्घाटन गर्ने वाहानामा पार्टीका नेताहरुलाई ल्याएर चुनाव लक्षित कार्यक्रम गरेको भन्दै चर्को आलोचना पनि भएको थियो ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : २० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग