सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु    « Khabarhub

सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु   


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली र बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा से.६ प ८०२८ नम्बरको मोटरसाइकल गाईलाई  ठक्कर दिई बिहीबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१ बस्ने ५५ वर्षीय निर्मल हमाल रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बाराको कलैया उपमहानगरपालिका–२० पसहा खोलामा बीआर ०५ एएम ११६५ नम्बरको स्कटुर बिहीबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्कुटर चालक देवताल गाउँपालिका–२ बस्ने ६० वर्षीय रामअच्छे साह तेली रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।    

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : ४३ बजे

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध