नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो | Khabarhub Khabarhub

नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा आयोजित एक कार्यक्रममा चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो।

सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५-१२५ पुगेको छ। त्यसैगरी पर्सा निकुञ्जमा ४१, शुक्लाफाँटा निकुञ्जमा ३६ र बाँके निकुञ्जमा २५ वटा बाघ छन् । बाघ पाइने पाँच वटै राष्ट्रिय निकुञ्जमा सङ्ख्या बढेको छ। सन् २०१० मा नेपालमा १ सय २१ बाघ रहेका थिए।

विश्वबाटै बाघ लोपहुने आशंकाले सन् २०१० मै रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरुले गरेको प्रतिवद्धता अनुरुप नेपालले सन् २०२२ मा लक्ष्य पूरा गरेको छ।

सन् २०१८ मा २३५ वटा बाघ रहेकोमा चार वर्षमा १२० बाघ थपिएका छन्। बासस्थान व्यवस्थापन, उल्लेख्य आहारा प्रजाती, चोरी शिकार नियन्त्रण र बाघ संरक्षणमा समुदायको सहकार्यले गर्दा बाघको संख्यामा वृद्धि भएको बताइएको छ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १ : ०७ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ ।

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ?

काठमाडौं – इरान र इजरायलको युद्धमा अमेरिकी संलग्नताको सम्भावनाका बारे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च