‘एमसीसी पास गरेर नेपाल ठूलो दुर्गतिबाट जोगियो’ | Khabarhub Khabarhub

‘एमसीसी पास गरेर नेपाल ठूलो दुर्गतिबाट जोगियो’


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्ला केही वर्षमा विश्वका ४० वटा देशको आर्थिक अवस्था नाजुक बनेको छ । श्रीलंका आर्थिक अवस्थामा टाट पल्टिएपनि लगत्तै अरु पनि केही देश सोही अवस्थामा पुगेका हुन् ।

श्रीलंकापछि दक्षिण एसियामा पाकिस्तानको अवस्था पनि कमजोर बनेको छ । अधिवक्ता किरण पौडेलले श्रीलंका संकटपछि पाकिस्तान, इथोपिया, हंगेरी, ताजकिस्तान लगायत ४० देशको अवस्थाको आर्थिक अवस्था निकै कमजोर बन्न सक्ने बताएका हुन् ।

चीनबाट सञ्चालित परियोजनाका कारण धेरै देशको हालत खराब अवस्थामा पुगेको उनको भनाई छ । चीनले महंगो ब्याजदरमा दिने ऋण तिर्न नसक्दा धेरै देशको हालत नाजुक बनेको पनि उनको भनाई छ ।

पछिल्लो समय चिनियाँ महंत्वाकांक्षी परियोजना धेरै देशमा लागू गराउने नाममा कमजोर देशलाई ऋणमा फसाउने योजना पनि डरलाग्दो बन्दै गएको उनको भनाई छ । बिआरआईभन्दा एमसीसी पास गरेर नेपालले आफ्नो दुर्गति रोकेको अधिवक्ता पौडेलले बताए ।

‘एमसीसी पास गरेर नेपालले धेरै ठूलो दुर्गति हुनबाट आफूलाई जोगाएको छ,’ उनले खबरहबद्धारा आयोजित कार्यक्रममा भने, ‘नेपालले महंगो ब्याजदरमा ऋण लिँदा त्यसको क्षति ठूलो हुन सक्थ्यो । एमसीसी पास गरेर नेपालले केही संकट गुजारेको छ ।’

नेपाल अहिले जोखिम कम भएकै अवस्थामा भएपनि श्रीलंकाको बाटोमा जादैँन भन्न नसकिने उनले बताए । ‘नेपाल श्रीलंका बन्दैन भन्न सकिन्न’ उनले कार्यक्रममा भने, ‘अहिलेको अवस्थामा सुधार हुँदैन भने श्रीलंका बन्न पनि सक्छ । मुख्य कुरा चिनियाँ ऋणबाट जोगिन सक्नुपर्छ ।’

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ४ : ०१ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम