बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–९ घर भएका २२ वर्षीय सागर गुप्ता रहेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  उच्च अदालत पाटनले २०७७ असोज ८ गते उक्त मुद्दामा उनलाई ३ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए । 

उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले कीर्तिपुर नगरपालिका–१० नयाँबजारबाट पक्राउ गरेको हो ।  गुप्ताले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी ग्लोबल आईएमई बैंक लिमिटेड कीर्तिपुर शाखा कार्यालय काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तानी हुने भनि पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : ३७ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले