छानविन समितिले पूर्णरुपमा काम गर्न सकेन : प्रदीप ज्ञवाली « Khabarhub

छानविन समितिले पूर्णरुपमा काम गर्न सकेन : प्रदीप ज्ञवाली


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदीय छानविन समितिले पूर्णरुपमा काम गर्न नसकेको  बताएका छन् ।

छानविन समितिका सदस्य समेत रहेका ज्ञवालीले शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा सीसीटिभि बाहेक अन्य विषयमा अनुसन्धान हुन नसकेको बताएका हुन् ।

उनले समितिमा रहेका सत्तापक्षका सांसदहरूका कारण छानविन पूर्ण हुन नसकेको आरोप समेत लगाए । अनधिकृत भनिएका व्यक्तिहरूको कल डिलेज लिने र लोकेशन लिने तथा सो समयमा मन्त्रालयमा रहेका व्यक्तिहरूको नाम संकलन गरेर सोधपुछ गर्ने काममा पनि समिति सफल हुन नसकेको उनको भनाई छ ।

अनुसन्धान पूर्ण हुन नसक्दा निष्कर्ष पनि पूर्णरुपमा पुग्न नसकेको भन्दै ज्ञवालीले आफू मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषय निराधार हो भन्ने अवस्थामा पुग्न नसकेको बताए । उनले अहिले व्यक्ति, पार्टी र सरकार भन्दा पनि पद्धति मुख्य विषय भएको र समितिमा तथ्यमा नै पूर्ण रुपमा छलफल हुन नसकेको तर्क गरे। 

उनले समितिले बनाएको कार्यविधि अनुसार पनि काम हुन नसकेको जिकिर गरे ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : ४२ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि