भाइरल ज्वरोका बिरामी बढे « Khabarhub

भाइरल ज्वरोका बिरामी बढे


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्ला अस्पताल डोटीमा हिजोआज भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । यहाँका अस्पताल तथा निजी मेडिकलमा भाइरल ज्वरोका बिरामी बढेसँगै उपचार गर्नमा निकै समस्या उत्पन्न भएको स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको हो । उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए ।

‘जिल्ला अस्पतालमा दैनिक औसतमा ४० देखि ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउँछन्’, जोशीले भने, ‘ उपचारमा समस्या हुँदै आएको छ ।’

केही दिनदेखि जिल्लामा वर्षासँगै पानी दूषित भएको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको हो । ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा ललितकुमार लिम्बूले बताए । शैलेश्वरी अस्पतालमा पनि दैनिक ५० देखि ६० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिए ।     

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै