संसदीय निर्वाचनको अहिलेदेखि तयारी शुरु गर्नुपर्छ: राजेन्द्र लिङदेन « Khabarhub

संसदीय निर्वाचनको अहिलेदेखि तयारी शुरु गर्नुपर्छ: राजेन्द्र लिङदेन


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताएका छन् ।

राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित प्रदेश–१ स्तरीय दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले विगतको कमीकमजोरी हटाई आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङदेनले पार्टीको जनमत वृद्धि गर्न ७५३ स्थानीय पालिकामा सङ्गठन निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिँदै निर्वाचनमा पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनतालाई विश्वास दिलाउन आग्रहसमेत गरे ।

उनले निर्वाचनलाई जीवनमरणको रुपमा लिन कार्यकर्तालाई आग्रह गर्दै जनताको समृद्धिको चाहना पूरा गर्न पार्टीलाई सत्तागठबन्धनका दलको विकल्पका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देनले भदौ अन्तिममा निर्वाचनका लागि उम्मेदवारको सूचि जारी गर्ने जानकारी दिँदै सोही महिनादेखि मुलुकभरि अभियानको रुपमा पार्टी प्रवेश तथा आमसभाको आयोजना गर्ने बताए ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, केन्द्रीय सदस्य डा राजेश गिरी र सहप्रवक्ता दिनेश शाहले पार्टीको एजेण्डालाई स्थापित गराउन निर्वाचनमा उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउन आग्रह गरे ।

सो अवसरमा उपाध्यक्ष प्रधानले स्थानीय तह निर्वाचनको नतिजा र सङ्घीय र प्रदेशसभा निर्वाचन रणनीति, केन्द्रीय सदस्य डा गिरीले राप्रपाको मूल सिद्धान्त, वैचारिक दर्शन, सांगठनिक स्वरुप एवं भावी कार्ययोजना, जयवहादुर श्रेष्ठले साम्यवाद, समाजवाद, पूँजीवाद र उदारवाद, भुपेन्द्र भण्डारीले हिन्दु धर्म, राजसंस्था र भक्ति सिटौलाले व्यवहारिक राजनीति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी नेत्रप्रसाद चम्लागाइले नेतृत्व विकास, खुस्बु ओलीले निर्वाचन, मतदान केन्द्र र मतगणनाको महत्व, याम ढकालले पार्टी दिशानिर्देशन र पार्टी एजेण्डा विषयक कार्यपत्र प्रस्तुत गर्ने सोही अवसरमा जानकारी दिइयो । प्रशिक्षणमा प्रदेशका १४ जिल्लाका अध्यक्ष, संसदीय क्षेत्र, प्रदेशसभा सदस्य क्षेत्र, महिला गरी दुई सयको सहभागिता छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : ३१ बजे

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी