न्यायपरिषद् र संवैधानिक निकाय सम्बन्धी रिटको सुनुवाइ एकै पटक गर्न आदेश « Khabarhub

न्यायपरिषद् र संवैधानिक निकाय सम्बन्धी रिटको सुनुवाइ एकै पटक गर्न आदेश


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति र न्यायपरिषद् सदस्यसम्बन्धी मुद्दामा परेका रिटको सुनुवाइ एकै पटक गर्न आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।

उक्त आदेशसँगै संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति र न्यायपरिषद् सदस्यको विवादित नियुक्तिसम्बन्धीको विषयमा परेका सबै रिटहरुको सुनुवाइ एकै पटक हुने भएको छ ।

आदेशमा संवैधानिक नियुक्तिसम्बन्धी विषयमा सम्पन्न गर्नुपर्ने कुनै काम कारबाहीमा कुनै प्रकारको द्विविधा वा अलमल भएमा तत्काल संवैधानिक इजलासमा पेश गर्न पनि भनिएको छ । प्रक्रियागत काम कारबाही सम्पन्न नभएको वा अधुरो रहन पुगेको कारणबाट सुनुवाइ प्रक्रियामा बाधा आइनपर्ने कुराको पनि पूर्ण सुनिश्चित गर्न आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : १५ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,