न्यायपरिषद् र संवैधानिक निकाय सम्बन्धी रिटको सुनुवाइ एकै पटक गर्न आदेश « Khabarhub

न्यायपरिषद् र संवैधानिक निकाय सम्बन्धी रिटको सुनुवाइ एकै पटक गर्न आदेश


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति र न्यायपरिषद् सदस्यसम्बन्धी मुद्दामा परेका रिटको सुनुवाइ एकै पटक गर्न आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।

उक्त आदेशसँगै संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति र न्यायपरिषद् सदस्यको विवादित नियुक्तिसम्बन्धीको विषयमा परेका सबै रिटहरुको सुनुवाइ एकै पटक हुने भएको छ ।

आदेशमा संवैधानिक नियुक्तिसम्बन्धी विषयमा सम्पन्न गर्नुपर्ने कुनै काम कारबाहीमा कुनै प्रकारको द्विविधा वा अलमल भएमा तत्काल संवैधानिक इजलासमा पेश गर्न पनि भनिएको छ । प्रक्रियागत काम कारबाही सम्पन्न नभएको वा अधुरो रहन पुगेको कारणबाट सुनुवाइ प्रक्रियामा बाधा आइनपर्ने कुराको पनि पूर्ण सुनिश्चित गर्न आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै