युवा पुस्ताले भाषा, संस्कृति र भेषभूषाको जगेर्ना गर्नुपर्छ : मुख्यमन्त्री राई « Khabarhub

युवा पुस्ताले भाषा, संस्कृति र भेषभूषाको जगेर्ना गर्नुपर्छ : मुख्यमन्त्री राई


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफ्नो भाषा, संस्कृति र भेषभूषा को जगेर्ना गर्नुपर्ने बताएका छन् ।

सष्ट्रा नेपालद्वारा आज साँझ विराटनगरमा आयोजित ‘मिस विराटनगर’ प्रतियोगिताको उद्घाटन गर्दै उनले भेषभूषा युवाहरुले नै जोगाउनु पर्ने बताएका हुन।

मुख्यमन्त्री राईले युवाहरुमा लुकेर रहेका कला, कौशलहरु यस्ता प्रतियोगिताले प्रस्फुटन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।उनले मुलुकमा रहेको प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटन क्षेत्रको प्रवद्र्धनमा युवापुस्ताले आफ्नो क्षेत्रबाट दत्तचित्त भई क्रियाशील हुनुपर्नेमा जोड दिए।

सष्ट्रा नेपालका अध्यक्ष विन्दीया कार्कीले यस प्रकारको प्रतियोगिताले युवतीहरुलाई समाजको विकासमा प्रेरणा पुग्ने धारणा राखे । प्रतियोगितामा १३ जना युवतीको सहभागिता छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ११ : १३ बजे

भृकुटीमण्डप अनुगमनमा पुगिन् मन्त्री श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले बुधबार

चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले चलचित्र विकास बोर्डलाई संविधानको मर्म र भावनाअनुसार

मुख्यमन्त्री शाहद्वारा लागूऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक