मस्तिष्क घात भई साउदीमा उपचाररत रायलाई उद्धार गरी नेपाल फर्काइयो  « Khabarhub

मस्तिष्क घात भई साउदीमा उपचाररत रायलाई उद्धार गरी नेपाल फर्काइयो 


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरबमा मस्तिष्क घात भई उपचाररत एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ।

गत फेब्रुअरीमा ड्यूटी सकाएर कोठामा फर्किँदै गर्दै अचानक मस्तिष्क घात भई गाडीको सिटमै ढलेका सर्लाही बरहथवा नगरपालिका वडा नं. ७ का अरूणकुमार रायलाई उद्धार गरी नेपाल एयरलाइन्समार्फत नेपाल पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

रियादको ओबेद केयर अस्पतालमा करिब तीन महिनासम्म आइसियुमा राखेर उपचार गरेपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनलाई जनरल वार्डमा सारिएको थियो।

उनको उपचारमा संलग्न चिकित्सकले बिरामीलाई परिवारको साथमा राखेर हेरचाह र फिजियोथेरापी गर्दा स्वास्थ्य अवस्थामा थप सुधार हुने सल्लाह दिएपछि उनलाई यथाशीघ्र नेपाल पठाउने प्रक्रिया प्रारम्भ गरेको दूतावासले जनाएको छ ।

उनको उपचारमा खर्च भएको झन्डै ७ लाख साउदी रियाल मध्ये स्वास्थ्य बिमाले ५ लाख रियाल मात्रै कभर गरेको र बाँकी झन्डै २ लाख साउदी रियाल कम्पनीले तिरिदिएपछि नेपाल फर्काउन सहज भएको थियो।

उनलाई नेपाल पठाउन दूतावासले त्यहाँको अस्पताल र कम्पनीसँग निरन्तर समन्वय गरेको थियो। साथै, नेपाल तर्फ बिरामीको परिवार, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड र नेपाल वायुसेवासँग आवश्यक समन्वय गरेर उनीलाई नेपाल फर्काउन सफल भएको दूतावासले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ६ : ४८ बजे

मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै

सुदूरपश्चिम– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज कैलालीका लागि मतपत्रसहितका निर्वाचन

फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडौं – फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

मलङ्गवा– सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष