मस्तिष्क घात भई साउदीमा उपचाररत रायलाई उद्धार गरी नेपाल फर्काइयो  | Khabarhub Khabarhub

मस्तिष्क घात भई साउदीमा उपचाररत रायलाई उद्धार गरी नेपाल फर्काइयो 


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरबमा मस्तिष्क घात भई उपचाररत एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ।

गत फेब्रुअरीमा ड्यूटी सकाएर कोठामा फर्किँदै गर्दै अचानक मस्तिष्क घात भई गाडीको सिटमै ढलेका सर्लाही बरहथवा नगरपालिका वडा नं. ७ का अरूणकुमार रायलाई उद्धार गरी नेपाल एयरलाइन्समार्फत नेपाल पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

रियादको ओबेद केयर अस्पतालमा करिब तीन महिनासम्म आइसियुमा राखेर उपचार गरेपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनलाई जनरल वार्डमा सारिएको थियो।

उनको उपचारमा संलग्न चिकित्सकले बिरामीलाई परिवारको साथमा राखेर हेरचाह र फिजियोथेरापी गर्दा स्वास्थ्य अवस्थामा थप सुधार हुने सल्लाह दिएपछि उनलाई यथाशीघ्र नेपाल पठाउने प्रक्रिया प्रारम्भ गरेको दूतावासले जनाएको छ ।

उनको उपचारमा खर्च भएको झन्डै ७ लाख साउदी रियाल मध्ये स्वास्थ्य बिमाले ५ लाख रियाल मात्रै कभर गरेको र बाँकी झन्डै २ लाख साउदी रियाल कम्पनीले तिरिदिएपछि नेपाल फर्काउन सहज भएको थियो।

उनलाई नेपाल पठाउन दूतावासले त्यहाँको अस्पताल र कम्पनीसँग निरन्तर समन्वय गरेको थियो। साथै, नेपाल तर्फ बिरामीको परिवार, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड र नेपाल वायुसेवासँग आवश्यक समन्वय गरेर उनीलाई नेपाल फर्काउन सफल भएको दूतावासले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ६ : ४८ बजे

नेप्सेका अध्यक्ष पौडेल सचिवमा बढुवा 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष शोभाकान्त पौडेल सचिवमा बढुवा

रञ्जिता–रेशम द्वन्द्व : नाउपामा मन्त्रीको नाम टुङ्गो लगाउन सकस

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) राजनीतिक दल हो, वा पारिवारिक सङ्गठन

युएईको भ्रमण गर्दै ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार संयुक्त अरब इमिरेट्स

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

चितवन– चितवनको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ– खोटाङको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर