टी २० शृंखला : वेस्ट इन्डिजमाथि भारतको जित | Khabarhub Khabarhub

टी २० शृंखला : वेस्ट इन्डिजमाथि भारतको जित


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई ६८ रनले हराएको छ। यससँगै भारतले शृंखलामा १-० को अग्रता लिएको छ ।

शुक्रबार राति भारतले दिएको १९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ८ विकेट गुमाएर १२२ रनमा समेटियो ।

वेस्ट इन्दिजका लागि शम्राह ब्रुक्सले २० रन, केमो पाउलले १९ रन, निकोलस पुरण १८ रन र केली मेयर्सले १५ रनको योगदान गरे । भारतका रविचन्द्र आश्विन, रबि बिश्नोई र अर्शदिप सिंहले समान २ विकेट लिए ।

यसअघि टस हारेर  पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १९० रनको योगफल तयार पार्‍यो ।

भारतका कप्तान रोहित चन्दले ६४ रन,  दिनेश कार्तिक ४१ रन, सूर्यकुमार यादवले २४, रविचन्द्र जडेजाले १६ र ऋषव पन्तले १४ रन बनाए। वेस्ट इन्डिजका अल्जारी जोसेपले २ विकेट लिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ७ : ५० बजे

इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ?

काठमाडौं – इरान र इजरायलको युद्धमा अमेरिकी संलग्नताको सम्भावनाका बारे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार