पर्साका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएनन्  « Khabarhub

पर्साका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएनन् 


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्साका विभिन्न स्थानीय तहमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालय, पर्साका अनुसार पर्सामा गत स्थानीय चुनावमा तीन हजार चार सय ५८  उम्मेदवार बनेकामध्ये १ दशमलव २७ प्रतिशतअर्थात् ४४ ले मात्र खर्च विवरण पेश गरेका छन् । जिल्लाका १४ पालिकामा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका तीन हजार चार सय ५८ मध्ये ४४ ले मात्र निर्वाचन खर्च पेश गरेका हुन् ।

नियमअनुसार तोकिएको समयभित्र चुनाव खर्च विवरण पेश नगर्दा हरेक उम्मेदवारलाई जनही रु पाँच हजार जरिवाना हुनसक्ने नियम छ । पर्सामा वीरगञ्ज  महानगरपालिका, तीन नगरपालिका र दश गाउँपालिका रहेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सबै उम्मेदवारले निर्वाचन खर्च पेश गर्नुपर्ने कानुनी प्रावधान छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ९ : १६ बजे

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार