तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार « Khabarhub

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ ।

वितरण केन्द्रका इन्जिनियर डिलबहादुर आलेका अनुसार विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै जिल्लाका विद्युत् सुविधा नपुगेका तथा नयाँ बस्तीमा विद्युत् लाइन विस्तार गरिएको हो । नयाँ घरधुरीमा विद्युत् सेवा विस्तारसँगै वितरण केन्द्रअन्तर्गत विद्युत् ग्राहकको सङ्ख्या ८२ हजार २४९ पुगेको छ ।

दमौली कार्यालयअन्तर्गत २८ हजार ८२९, खैरेनीटार उपवितरण केन्द्रअन्तर्गत २७ हजार ४१७, डुम्रे शाखाअन्तर्गत १२ हजार १५६, आँबुखैरेनी शाखाअन्तर्गत पाँच हजार ९२०, थर्पु नोलाइटअन्तर्गत दुई हजार ६१५ र दुईपिप्ले नोलाइटअन्तर्गत पाँच हजार ३१२ ग्राहक रहेका छन् ।

तनहुँ वितरण केन्द्रले तनहुँ जिल्लाका १० वटै स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रमा समेटेको छ । त्यसैगरी कास्की जिल्लाको रुपा गाउँपालिका–३ र ४ का केही भाग, लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–१, २, ३, ४ र ५ तथा नवलपुर जिल्लाका बौदीकाली र बुलिङटार गाउँपालिकाका केही भागमा यस वितरण केन्द्रमार्फत विद्युत् सेवा प्रवाह हुँदै आएको इन्जिनियर आलेले बताए।

विद्युत् पहुँच विस्तारसँगै ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका घरधुरीलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने कामलाई निरन्तरता दिइएको वितरण केन्द्रले जनाएको छ । 

विद्युत् सेवा विस्तारले घरायसी प्रयोगसँगै कृषि, व्यवसाय तथा स्थानीय उत्पादनमूलक गतिविधिमा समेत सहजता पुग्ने अपेक्षा गरिएको छ । केन्द्रले आर्थिक वर्ष २०८२-८३ मा ८७ करोड ७६ लाख १३ हजार ७८७ युनिट विद्युत बिक्री गरेको छ । 

उक्त युनिट विद्युत् बिक्रीबाट रु एक अर्ब एक करोड ११ लाख १२ हजार १२६ संकलन भएको इन्जिनियर आलेले बताए।
 
वितरण केन्द्र अन्तर्गत छ वटा शवस्टेशन, ३० वटा ११ केभी फिडर, १०७ किलोमिटर ३३ केभी लाइन, ९३९ किलोमिटर ११ केभी लाइन, ४३२८ किलोमिटर ०.४०-२३ केभी वितरण लाइन, ६७३ वटा ट्रान्सफर्मर रहेका छन् । 

केन्द्रले ११-०।४ केभीका लाइनहरुको विस्तार, मर्मत, सम्भार, सुदृढीकरण तथा अपग्रेडिङ, ११-०.४ केभीका आवश्यकताअनुसारका विभिन्न क्षमताका लोड सेन्टर थप, ग्राहकलाई भरपर्दो, गुणस्तरीय र विश्वसनीय विद्युत आपूर्ति, नयाँ मिटर जडान तथा मिटर सिकायतसम्बन्धी कार्य गर्दै आएको छ । 
 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ६ : ३२ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका