राप्रपाको दोस्रो चरणको आन्दोलन : आज देशका सबै निर्वाचन क्षेत्रमा कोणसभा « Khabarhub

राप्रपाको दोस्रो चरणको आन्दोलन : आज देशका सबै निर्वाचन क्षेत्रमा कोणसभा


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्ने भएको छ।

महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध देशभरबाट पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन राप्रपाले आह्वान गरेको छ।

सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी गर्ने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले चेतावनी दिएका छन्।

काठमाडौँलगायत देशका विभिन्न ठाउँमा ‘थाल ठटाउने’ कार्यक्रम गर्दै राप्रपाले तेस्रो चरणको आन्दोलनको चेतावनी दिएको थियो।

राप्रपाको केन्द्रीय समितिको पछिल्लो बैठकले साउन महिनामा राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै