बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । यस्ता छन्  बिहान १० बजेसम्मका मुख्य १० समाचार :

१. पेट्रोलियम पदार्थ आयातले सरकारको राजस्वमा वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गरेर पाँच वर्षको अवधिमा सरकारलाई साढे छ खर्ब रुपैयाँ राजस्व बुझाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको हो । पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो । गत आर्थिक वर्ष २०७८-७९ मा सरकारले पेट्रोलियम पदार्थको आयातबाट एक खर्ब २० अर्ब छ करोड रुपियाँ राजस्व प्राप्त गरेको छ । यो अहिलेसम्मकै धेरै राजस्व भएको निगमले जनाएको छ ।

२. नेपालको आर्थिक वृद्धिदर गएको वर्षकै हाराहारीमा रहने प्रक्षेपण
अन्तर्राष्ट्रिय मुद्रा कोष (आई एम एफ) ले नेपालले यस वर्ष ४ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ । आईएमएफको वर्ल्डको इकोनोमिक आउट लुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा पनि आर्थिक वृद्धिदर गएको वर्ष जस्तै रहने प्रक्षेपण गरेको हो । तर गएको अप्रिलमा आईएमएफले  नेपालको  वृद्धिदर  ४ दशमलव १  प्रतिशत  रहने  प्रक्षेपण गरेको थियो । समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्फ धकेलिन लागेको आईएमएफको  प्रक्षेपणकाबीच  नेपालको वृद्धिदरमा केही सुधारसहितको संशोधन प्रस्तुत भएको हो ।

३. राप्रपाले आज देशभर कोण सभा गर्दै
मूल्यवृद्धि विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्ने भएको छ । महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध भन्दै राप्रपाले देशभर कोणसभा गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  देशभरबाट पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन राप्रपाले आह्वान गरेको  उहाँले बताउनुभयो । राप्रपाले सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ। पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेर अहिले दोस्रो चरणको आन्दोलन गरिएको श्रेष्ठले बताएका छन्  ।

४. आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । मानव बेचबिखनविरुद्धको  १६ औँ राष्ट्रिय दिवस आज विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो । मानव बेचबिखन विरुद्ध काम गर्दै आएका सरकारी तथा गैह्र सरकारी संस्थाको आयोजनामा आज विभिन्न कार्यक्रम आयोजना हुँदैछन्  । सार्कको ११औँ सम्मेलनवाट पारित वेश्यावृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासम्धी २००२ लाई दोस्रो जनआन्दोलनबाट पुनः स्थापित संसद्ले २०६३ भदौ २० गते अनुमोदन गरेको थियो ।

५.तरकारी बोक्ने ट्रकमा गाँजा तस्करी
प्रहरीले तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजाँदै गरेको १५६ केजी गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय विराटनगरले गए राति प्रदेश १–०२–००१ख८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा छ बोरा गाँजा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले धनकुटाको शहिदभूमि गाँउपालिका–३ छिन्ताङका २९ वर्षीय विवेक राई चालक रहेको ट्रकमा ४६ बोरा बन्दाकोभीका बोरा मुनी छ बोरा गाँजा भारततर्फ तस्करी गर्ने क्रममा नियन्त्रणमा लिइएको जानकारी दिए ।

६. पर्सामा राष्ट्रिय भूमि आयोगले थाल्यो काम 
राष्ट्रिय भूमि आयोगले पर्साका अधिकांश पालिकामा जग्गा व्यवस्थापनका लागि काम थालेको  छ । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्याको समाधान हाम्रै पालामा’ भन्ने नारा सहित राष्ट्रिय भूमि आयोग पर्साले जिल्लाका अधिकांश पालिका काम अघि बढाएको हो । आयोगले दोस्रो चरणमा जिल्लाको पोखरिया नगरपालिकासहित पकहा मैनपुर, पटेर्वासुगौली, जगरनाथपुर, विन्दवासिनी र सखुवाप्रसौनी गाउँपालिकामा काम अघि बढाएको छ ।

७. न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि मुद्दा दायर गरेको छ । विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ । कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षको सात मुद्दाको फैसला भएकोमा चार मुद्दाको फैसला हुन् बाँकी रहेको बताइएको छ । कूल ११ वटा मुद्दा दुई आर्थिक वर्षमा दायर भएको थियो ।

८. इरानको तेहरानमा बाढीमा परी २४ जनाको मृत्यु
इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि आएको बाढीमा परी २४ जनाको मृत्यु भएको छ  । अन्य  १९ जना अझै बेपत्ता भएका छन् ।  पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको  त्यहाँको  रेड क्रेसेन्टको विज्ञप्ति मार्फत जनाएको छ । बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको जनाइएको छ । इरानको सामान्यतया सुख्खा दक्षिणी क्षेत्रमा आएको बाढीले २२ जनाको  मृत्यु भएको एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो ।

९. न्युजिल्याण्डले जित्यो दुई खेलको टी–ट्वान्टी सिरिज
न्युजिल्याण्डले स्कटल्याण्डविरुद्धको दुई खेलको टी–ट्वान्टी सिरिज जितेको छ । गए राति भएको दोस्रो तथा अन्तिम खेलमा स्कटल्याण्डलाई १ सय २ रनले हराउँदै न्युजिल्याण्डले सिरिज २–० ले जितेको हो । न्युजिल्याण्डले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । पहिलो खेलमा न्युजिल्यान्ड ६८ रनले विजयी भएको थियो।

१०. इटालियन क्लबसँगको मैत्रीपूर्ण खेलमा चेल्सीको जित 
प्रि सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा चेल्सीले जित निकालेको छ । गए राति भएको खेलमा चेल्सीले इटालियन क्लब उडीनेजेलाई ३–१ गोल अन्तरले हराएको हो । यसैबीच म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रायो भालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । रोनाल्डोले सामाजिक संजालबाट भालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने बताएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ३१ बजे

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा सात

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै

धनगढी– बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी