अमेरिकी राष्ट्रपति ट्रम्पले भने- इरानमाथि आक्रमण गर्न अमेरिकी सेना तयार छ « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पले भने- इरानमाथि आक्रमण गर्न अमेरिकी सेना तयार छ


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रतिकारका लागि अमेरिकी सेना तयार रहेको बताएका छन् । उनले इरानको प्रतिकारका लागि बन्दुक लोड भइसकेको पनि दाबी गरेका छन् ।

अमेरिकाले इरानका तीन क्षेत्रमा आक्रमण गर्ने योजना बनाए पनि आक्रमण शरु हुनु भन्दा १० मिनेट पूर्व त्यसलाई रोकिएको राष्ट्रपति ट्रम्पले दाबी गरे ।

इरानी सेनाले अमेरिकी गुप्तचर ड्रोन आक्रमण गरी खसालेपछि अमेरिकाले त्यसको प्रतिकार गर्ने तयारी गरेको थियो । अझै पनि अमेरिकी सेना तयारी अवस्थामा बन्दुक लोड गरेर बसेको ट्रम्पले बताएका हुन् । प्रतिकार गर्ने भनिएका क्षेत्रमा सर्वसाधारण नागरिक रहेको र १५० जनाको ज्यान जान सक्ने बताइएकाले निर्धारित प्रतिकार रोकिएको ट्रम्पको भनाई छ ।

इरानले खसालिएको अमेरिकी ड्रोनको भग्नावशेष सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गरेर तयारी अवस्थामा रहेको आक्रमण रोकिएको जनाएका हुन् । यस सम्बन्धी खबर सबै भन्दा पहिले अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले दिएको थियो ।

इरानको दक्षिणी प्रान्त होर्मोग्गानको कुह्मोबाराक क्षेत्रमा इरानी सेनाले ड्रोनमा आक्रमण गरेको थियो । अमेरिकाले मध्य पूर्वमा थप एक हजार सैनिक तैनाथ गरेको केही दिनमै इरानले अमेरिकी ड्रोनमा आक्रमण गरेको हो।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : ५० बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले