'हृदयेन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु' | Khabarhub Khabarhub

‘हृदयेन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु’


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई एकदिन राजाको रुपमा हेर्न चाहेको बताएका छन् । 

 पारस शाह र हिमानी शाहका पुत्र शाहलाई जन्मदिनकाे शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै मिश्रले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘२१औँ जन्मदिनमा सुस्वास्थ्य, दीर्घायु, देशभक्ति, असल चरित्र र भावी गद्दी-आसनको हार्दिक मंगलमय शुभकामना !’

उनले आफ्नो २० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णत: आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले नेपाल ढिलो-चाँडो नराम्रो संकटमा फस्ने ठोकुवा गर्दै संकटका बेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ भन्ने अवस्थामा देश पुग्ने आफूले निष्कर्ष निकालेको उल्लेख गरेका छन् ।

मिश्रले पुन: लेखे, ‘यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु । २१औँ जन्मदिनको शुभकामना !’

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  २ : २५ बजे

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस मनाइँदै

काठमाडौं– आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ ।