माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक दिउँसो ३ बजे सुरु हुने नेता हरिबोल गजुरेलले जानकारी दिएका छन्।

आजको बैठकमा स्थायी कमिटीलाई पूर्णता दिने र पोलिटब्युरो चयन गर्ने एजेन्डा तय गरिएको छ ।

साथै पदाधिकारी चयनका विषयमा पनि छलफल हुने सम्भावना छ। माओवादीले अहिलेसम्म स्थायी कमिटीलाई पनि पूर्णता दिन सकेको छैन।

आजको बैठकले जनार्दन शर्मालाई फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्काउन सिफारिस गर्ने नेता गजुरेलले बताए।

संसदीय विशेष समितिले बजेट निमार्णका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने आरोप पुष्टि नभएको प्रतिवेदन बुझाएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मालाई नै माओवादी केन्द्रले फेरि जिम्मेवारीमा पठाउने तयारी गरेको हो।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ५३ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक