पूर्वी युक्रेन छाड्न नागरिकलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रह « Khabarhub

पूर्वी युक्रेन छाड्न नागरिकलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रह


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रका केही भागमा रहेका सबै नागरिकलाई त्यहाँबाट हट्न आदेश दिएका छन् । आफ्नो नियमित सम्बोधनमा जेलेन्सकीले लडाइँलाई तीव्र पार्ने चेतावनी दिए ।

‘अहिले जति धेरै मानिसहरू दोनेत्स्क क्षेत्र छोड्छन्, त्यति नै कम मानिसहरूलाई रूसी सेनाले मार्ने समय पाउनेछ’, युक्रेनी नेताले भने, ‘हामी सकेसम्म धेरै जीवन बचाउन र रुसी आतंकलाई सकेसम्म सीमित गर्न सबै उपलब्ध अवसरहरू प्रयोग गर्नेछौँ ।’

उक्त क्षेत्रको ठूलो भाग नियन्त्रण गर्ने रूसी सेनाको ढिलो प्रगतिबीच ठूला झडप भएका छन् ।

सबै उपलब्ध अवसरहरू प्रयोग गरेर सम्भव भएसम्म बढी जीवनरक्षा गर्ने राष्ट्रपति जेलेन्स्कीले बताए । रुसी आतंकलाई सक्दो सीमित पार्ने उनले बताए । हजारौँ सर्वसाधारणहरू दोनेत्स्क क्षेत्रमा फसेका र अधिकारीहरूले उनीहरूलाई सहयोग जारी राखेका प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : ३५ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम