मन्त्रालयले पठाएका अधिकृतलाई गाउँपालिकाले गराएन हाजिर | Khabarhub Khabarhub

मन्त्रालयले पठाएका अधिकृतलाई गाउँपालिकाले गराएन हाजिर


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ ।

मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालयमा पुगेका थिए । ‘साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन गएको थिएँ’, उनले भने, ‘मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाउनुभयो ।’

मङ्गलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको हालै अन्यत्र सरुवा भएको थियो । बागलुङको काठेखोला गाउँपालिकाका प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले मङ्गलामा सरुवा गरेर पठाएको हो । पालिकाले हाजिर नगराएपछि बागलुङ फर्किएका कार्कीले मन्त्रालयमा जानकारी गराउने बताए ।

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले ‘मन्त्रालयले एक जनालाई भनेर अर्कालाई सरुवा गरेर पठाएकाले हाजिर नगरी फिर्ता गरेको’ प्रतिक्रिया दिए । ‘उहाँ (कार्की) पनि सल्लाह समन्वय नगरी सरुवा भएर आउनुभयो’, अध्यक्ष रोकाले भने, ‘मन्त्रालयले एउटालाई भनेर अर्कालाई सरुवा गरेर पठाएछ ।’

काम गर्नलाई सहज र सहयोग गर्ने प्रशासकीय अधिकृत चाहिने अध्यक्ष रोकाले बताए । प्रशासकीय अधिकृत ढुङ्गानाको सरुवा भएपछि गाउँपालिकाले सूचना अधिकारी राजेन्द्र आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १२ : ४५ बजे

छुट्टै केन्द्र बनाउन खोजेपछि विप्लवलाई फकाउँदै माओवादी, नारायणकाजीले गरे एक घण्टा संवाद

काठमाडौं- नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा अटो र मोबिलिटी प्रदर्शनी नाइमा-२०२५ बुधबारदेखि आइतबारसम्म आयोजना हुँदैछ ।

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं – मुलुकभर परेको वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात

अमेरिकी करवृद्धिको चेतावनीपछि भारतीय सुरक्षा प्रमुख मस्कोमा

नयाँदिल्ली– वासिङ्टनले रुसी तेल खरिद गरेको भन्दै अमेरिकी कर वृद्धि

माओवादीको आह्वानमा कांग्रेस-एमालेबाहेकका दलको बैठक सिंहदरबारमा

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका राजनीतिक दलहरूको संयुक्त