बिरामीलाई निःशुल्क रगत « Khabarhub

बिरामीलाई निःशुल्क रगत


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिका–१० ले बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन वडा कार्यालय र रक्तसञ्चार केन्द्र, वीरगञ्जबीच सम्झौता भएको छ ।

विपन्न नागरिक बिरामी हुँदा रगत अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्रसँग सम्झौता गरिएको वीरगञ्ज–१० का वडाध्यक्ष साह कानुले बताए । उनका अनुसार वडाले निःशुल्क रगत सेवाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा रु तीन लाख बजेट छुटाएको छ। वडाध्यक्ष कानुले नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियालाई पहिलो चरणमा रु एक लाखको चेक हस्तान्तरण गरे।

वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रले एक युनिट रगतको रु एक हजार ५० सेवा शुल्क लिने गरेको छ । तर वडा नम्बर १० का बासिन्दाले वडा कार्यालयबाट सिफारिस लिएर गएमा निःशुल्क रगत प्राप्त गर्ने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : ३९ बजे

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद