नियमअनुसार नचल्दा सहकारी समस्याग्रस्त « Khabarhub

नियमअनुसार नचल्दा सहकारी समस्याग्रस्त


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विद्यमान कानुनअनुसार सहकारी सञ्चालन नहुँदा समस्याग्रस्त हुने गरेको जनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा सहकारीलाई समस्याग्रस्त हुनबाट जोगाउन सहकारी ऐन/नियमको प्रभावकारी कार्यान्वयनका साथै सहकारी संस्थामा सुशासन प्रवद्धन आवश्यक रहेको उल्लेख छ ।

समान प्रकृतिका कार्य गर्ने सहकारी संस्थाबीच एकीकरण (मर्जर) गर्ने प्रक्रियालाई प्रोत्साहन गर्ने, सहकारीलाई विपन्न वर्गसम्म पुग्ने रणनीतिका साथ सञ्चालन गर्ने, सुशासनको पूर्ण प्रत्याभूति हुने गरी सञ्चालन गर्ने जस्ता आधारभूत सिद्धान्तको पालना गर्न सकेमा सहकारी क्षेत्रप्रतिको जनताको विश्वास अभिवृद्धि गर्न सघाउ पुग्ने प्रतिवेदनमा औँल्याइएको छ ।

सहकारी आफ्नो मूल्यमान्यता र सिद्धान्तअनुसार चल्नुपर्ने जनाउँदै उनले अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका सहकारी समस्याग्रस्त बन्ने अवस्था आउन नदिने गरी काम गर्न सम्बद्ध पक्षलाई आग्रह गरिन। प्रतिवेदन बुझाउँदै समितिका अध्यक्ष काशीराज दाहालले सहकारी संस्थामा विकृति र विसङ्गतिको रोकथाम र नियन्त्रणको लागि सहकारी दर्ता प्रक्रियामा नै विशेष ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ०७ बजे

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या