वैदेशिक रोजगारसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने १४८ संस्था कारबाहीमा | Khabarhub Khabarhub

वैदेशिक रोजगारसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने १४८ संस्था कारबाहीमा


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र वाला १४८ संस्थालाई कारबाही गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने उक्त संस्थालाई रु ५० हजारका दरले जरिवाना गराइएको विभागले जनाएको छ ।

यही साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले ती संस्थालाई जरिवाना गराइएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए । ती संस्थाले विज्ञापन प्रकाशन गरे नगरेकोबारे विभागले करिब एक महिना लगाएर अनुगमन गरेको थियो ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ ९१० मा कुनै पनि इजाजतपत्रवालाले वैदेशिक रोजगारीसम्बन्धी मागको विज्ञापन प्रकाशन नगरेमा वा स्वीकृति विना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजतपत्रवालालाई रु ५० जरिवाना गरी त्यस्तो विज्ञापन रद्द गर्न सक्ने प्रावधान छ ।

ऐनअनुसार कुनै पनि मेनपावरले रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउनु पूर्व रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने मुलुक, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र सङ्ख्या, कामदारले पाउने तलब सुविधासहितको विज्ञापन प्रकाशित गर्नुपर्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : १८ बजे

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा

कम्युनिस्टले खनेको नख्खु जेलको त्यो सुरुङ…

काठमाडौं– सहकारी ठगी प्रहरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा बन्दी जीवन

वसन्तपुर दरबार क्षेत्रमा तिजको रौनक (तस्बिरहरू)

काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरूको महान