मोटरसाइकल चोरीको आरोपमा पाँच पक्राउ « Khabarhub

मोटरसाइकल चोरीको आरोपमा पाँच पक्राउ


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरीको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले पाँच जनालाई पक्राउ गरेको हो । माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको प्रदेश नं ३, ०२–००३ प ६२०२ नम्बरको पल्सर मोटरसाईकल, गोकर्णेश्वर नगरपालिकाबाट प्रदेश नं ३, ०२—००२ प ८९८७ नम्बरको २०० सिसीको मोटरसाइकल, माकलबारीबाट बा ७० प ७२५४ नम्बरको एनएसपल्सर र बा २९ प ५१२१ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

प्रहरीले खोजतलासका क्रममा गोकर्णेश्वर नगरपालिका–९ भगवतीचोक नजिक रहेको छोरोल्पा गलैँचा कारखानाको परिसरभित्र लुकाएर चारैवटा मोटरसाइकलसहित तीनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका भोजबहादुर योञ्जन, रामबहादुर योञ्जन र मदन लामा छन् ।

त्यस्तै माघ १३ गते गोकर्णेश्वरबाट हराएको बा ५३ प ४०७४ नम्बरको पल्सर मोटरसाइकलसहित चुच्चेपाटीबाट प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ पर्नेमा दोलखाका निमासाङ्गे शेर्पा र ललितपुरका सुजन तामाङ छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : १२ बजे

पाँचदशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले