विश्व इतिहासमा आज : दोस्रो कंगो युद्धदेखि पहिलो भूमिगत रेलवे सुरुवातसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : दोस्रो कंगो युद्धदेखि पहिलो भूमिगत रेलवे सुरुवातसम्म


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २०७९ साल साउन १७ गते मंगलबार। सन् २०२२ को अगस्ट २ तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रममध्ये केही घटनाक्रम यस्ता छन्।

-सन् १९९८ अगस्ट २ मा दोस्रो कंगो युद्ध सुरुवात भयो। अफ्रिकामा भएको घातक युद्धमा र युद्ध पश्चात करिब ५४ लाख मानिसको मृत्यु भएको थियो। प्रजातान्त्रिक गणतन्त्र कंगोमा युद्ध विद्रोहबाट सुरु भएको थियो। विद्रोह चर्किँदै गएपछि ९ अफ्रिकी राष्ट्रमा यसको प्रभाव देखिनु थाल्यो। यो युद्ध पाँच वर्षसम्म चलेको थियो।

-सन् १९९७ अगस्ट २ मा अमेरिकी साहित्यमा ‘बिट जेनेरेश’का गड फादरको नामले चिनिने विलियम एस बुरोको निधन भएको थियो। ‘नेकेड लन्च’का लेखकका रुपमा परिचित विलियमको ८३ वर्षको उमेरमा हत्या निधन भएको थियो।

-सन् १९९० अगस्ट २ मा करिब बिहान २ बजे इराकी सेनाले कुवेतलाई अतिक्रमण गर्यो। केवल २ मिनेटमा इराकले कुवेती सेनामाथि कब्जा गर्न सफलभयो र सद्दाम हुसेनले कुवेतलाई इराकको १९ औं प्रदेशको घोषणा गरेको थियो। इराकले कुवेतलमाथि करिब सात महिनासम्म अतिक्रमण गरेको थियो। संयुक्त राष्ट्र अमेरिकाको नेतृत्वमा संयुक्त राष्ट्रसंघ गठबन्धन दलको पहलमा अतिक्रमण रोकिएको थियो।

-सन् १९६५ अगस्ट १ मा समाचारदाता मोर्ले सेफरले संयुक्त राज्य अमेरिकाका सेनामा पारेको भियतनामी गाँउमा पारेको विनाशलाई खिचेका थिए।

-सन् १९६४ अगस्ट १ मा भियतनामको उत्तरी भेगमा गस्ती गरिरहेका टोरपेडो नाउले यूएसएस म्याडडस (डीडी-७३१)माथि आक्रमण गरेका थिए।

-सन् १९५८ अगस्ट २ मा अरब महासंघ विघटित भएको थियो। १४ जुलाई विद्रोह अन्तर्गत इराकका राजा फैसललाई पदच्युत गरी उनको हत्या गरेसँगै इराक र जोर्डनको अल्पकालीन महासंघ विघटन भएको थियो।

-सन् १९४५ अगस्ट २ मानाजी जर्मनीलाई पराजित गर्ने संयुक्त राज्य अमेरिका, ग्रेट ब्रिटेन, र सोभियत यूनियनका शासकको पट्सड्याम सम्मेलन समापन भएको थियो। दोस्रो विश्व युद्ध पश्चात यस सम्मेलनमा शक्ति सन्तुलनको विषयमा छलफल भएको थियो।

-सन् १९४३ अगस्ट २ मा लेफिटिनेन्ट जोन एफ्. केनेडीले एक घाइते सिपाहीलाई पौडेर सोलोमोन आइल्याण्ड पुयाएका थिए। त्यसअघिको रात केनेडीको पीटी–१०९ नामक डुङ्गालाई जापानी विनाशक ‘अमागिरी’ले टुक्रा गरेकाथिए।

-सन् १९३४ अगस्ट २ मा जमर्नीका राष्ट्रपति पाँलवोन हिन्डनवर्गको मृत्यु भएको थियो। यसपश्चात एडोल्फ हिटलर जर्मनीका चान्सलर बनेको थिए।

-सन् १९८० अगस्ट २ मा विश्वको पहिलो भूमिगत रेलवेको सुरुवात भएको थियो। इन्जिनियर जेम्स् हेन्री ग्रेट हेडले यस टनेलको डिजाइन गरेका थिए। तर, टाटपल्टे पश्चात यस सबवेलाई बन्द गरिएको थियो। अहिले सो टनेललाई घरायसी उद्देश्यको लागि प्रयोग गरिन्छ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : २१ बजे

बन्दीगृहको आँखीझ्यालबाट विश्वेश्वरले चिहाएको ‘चतरा’

काठमाडौं – २०२१ सालताका सप्तकोशी नदी हालको उदयपुर जिल्लाको बेलका

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा २० प्रतिशत छुट  

काठमाडौं– एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच बैंकका

निजामती सेवा विधेयकमाथि छलफल गर्न समितिमा पठाइयो

काठमाडौं – संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन

साफ यू-२० महिला च्याम्पियनसिप खेलेर फर्किएको टोलीलाई स्वागत (तस्बिरहरू)

काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिप खेलेर

शेयर बजारमा उछाल, ८१ अंकले बढ्यो नेप्से  

काठमाडौं– शेयर बजारमा उछाल गएको छ । मंगलबार नेपाल स्टक