इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक | Khabarhub Khabarhub

इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन्।

पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदले बताए।

ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले बताए। उनका अनुसार ह्याकरहरूले उनका ७.४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर गरेका थिए।

ह्याकरहरूले टेस्लाका प्रमुख कार्यकारी एलोन मस्कको ट्वीटको स्क्रिनसट पनि सेयर गरेका थिए।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : २४ बजे

बन्दीगृहको आँखीझ्यालबाट विश्वेश्वरले चिहाएको ‘चतरा’

काठमाडौं – २०२१ सालताका सप्तकोशी नदी हालको उदयपुर जिल्लाको बेलका

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा २० प्रतिशत छुट  

काठमाडौं– एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच बैंकका

निजामती सेवा विधेयकमाथि छलफल गर्न समितिमा पठाइयो

काठमाडौं – संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन

साफ यू-२० महिला च्याम्पियनसिप खेलेर फर्किएको टोलीलाई स्वागत (तस्बिरहरू)

काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिप खेलेर

शेयर बजारमा उछाल, ८१ अंकले बढ्यो नेप्से  

काठमाडौं– शेयर बजारमा उछाल गएको छ । मंगलबार नेपाल स्टक