“छुल्याइँ”लाई राजनीतिको रुपमा बुझ्ने संस्कृति विकास भयो– विडारी « Khabarhub

“छुल्याइँ”लाई राजनीतिको रुपमा बुझ्ने संस्कृति विकास भयो– विडारी


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलका नेता राम नारायण विडारीले पछिल्लो समय राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक बन्दै गएको बताएका छन् ।

थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी व्यक्तित्व रुपचन्द्र बिष्टको २० औ स्मृति दिवसको अवसरमा सनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले रुपचन्द्रले परिभाषित गरेको राजनीति र वर्तमान अवस्थामा सर्वसाधरणले बुझ्ने गरेको राजनीतिमा आमुल भिन्नता भएको बताएका छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति विडारीले बिष्टले जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति भनेर परिभाषित गर्ने गरेको उल्लेख गर्दै पछिल्लो समय “छुल्यार्इँ ”लाई राजनीतिको रुपमा बुझ्ने संस्कृति विकास हुदै गएको बताए ।

उनले भने “रुपचन्द्रले राजनीतिको व्याख्या गर्नुभयो । राज्इका जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति । अहिले हामीले राजनीति के भन्छौ रे ? गाउमा छुल्यार्ई र बठ्याई गर्यो भने हेर , त्यो रामेले कस्तो राजनीति गरेछ यार । हामी त्यहाँ पुग्यौ । ”

कार्यक्रममा उनले विष्टले व्याख्या गर्ने गान्धीवाद र माक्र्सवादको पनि चर्चा गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : ४९ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै