मालपोत कार्यालय लमजुङद्वारा १० करोड राजस्व संकलन  « Khabarhub

मालपोत कार्यालय लमजुङद्वारा १० करोड राजस्व संकलन 


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मालपोत कार्यालय लमजुङले आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आव ०७८/०७९ मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँ बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० करोड ६१ लाख ५२ हजार तीनसय ९० रुपैयाँ राजस्व संकलन गरेको मालपोत कार्यालय लमजुङले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने १० करोड ३४ लाख १८ हजार ४६ रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । 

कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्ममा विभिन्न शीर्षकमा भएको कारोबार तथा सेवा शुल्कमार्फत राजस्व संकलन भएको हो । कार्यालयका अनुसार आर्थिक वर्षमा सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट राजस्व संकलन भएको छ । घरजग्गा लिखत दर्ताबाट मात्र ६ करोड २९ लाख ६५ हजार दुईसय ७९ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालय लमजुङमा जम्मा भएको राजस्व रकममध्ये पुँजीगत लाभकर संघीय सरकारमा पठाउने प्रावधान छ । सोबाहेक पुर्जा धितो, रोक्का, संशोधन, घर कायम, नामसारी विलम्ब शुल्कलगायत शीर्षकको राजश्व रकम प्रदेश सरकारमा पठाउने प्रावधान छ ।

यसैगरी रजिष्ट्रेशन शुल्कअन्तर्गतको राजस्व रकममध्ये कुल रकमको ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ । सोबाहेक बाँकी ६० प्रतिशत रकम स्थानीय सरकारमा पठाउने प्रावधान बमोजिम सम्बन्धित स्थानीय तहका सेवाग्राहीको आधारमा जिल्लाका आठवटै स्थानीय तहमा पठाएको कार्यालयले जनाएको छ ।

एक वर्षको अवधिमा विभिन्न स्थानीय तहबाट आएका घरजग्गासम्बन्धी कारोबारबाट उक्त राजस्व रकम संकलन भएको मालपोत कार्यालय लमजुङका प्रमुख ईश्वरकमल श्रेष्ठले बताए । गत आर्थिक वर्षमा मात्रै दुई हजार नौ सय १९ वटा दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा पुँजीगत लाभकरतर्फ दुई करोड ६२ लाख ५६ हजार तीन सय ३२ रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, धितो रजिष्ट्रेसनतर्फ एक करोड ३९ लाख ३० हजार ६ सय २५ रुपैयाँ राजस्व संकलन भएको छ ।

सोबाहेक गत आर्थिक वर्षमा नामसारीतर्फ २३ लाख ६ सय २५ रुपैयाँ राजस्व संकलन भएको छ भने पुर्जा बिक्रीबाट ८३ हजार तीन सय २५ रुपैयाँ, विलम्ब शुल्कबाट तीन लाख आठ हजार ६ सय १५ रुपैयाँ, रोक्का प्रतिलिपि दस्तुर बापत तीन लाख सात हजार पाँच सय ३० रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा महिला, दलित र वृद्ध छुटअन्तर्गत ९५ लाख ४६ हजार सात सय ९३ रुपैयाँ राजस्व छुट भएको छ । कार्यालयका अनुसार ९३ लाख २१ हजार दुई सय ३४ रुपैयाँ महिला छुट राजस्व रहेको छ भने एक लाख ४९ हजार २४ रुपैयाँ दलित र ७६ हजार पाँच सय ३५ रुपैयाँ वृद्ध छुट राजस्व रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : ०१ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण