वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा एक जना पक्राउ  | Khabarhub Khabarhub

वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा एक जना पक्राउ 


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावाहिल बस्ने धादिङ धुनीबेंसी गाउँपालिका–९ खानीखोला नौबिसे घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाई दिन्छु भन्दै पीडितसँग ४ लाख ४५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । उनले रकम लिएपछि पीडितलाई दुबई पठाई अलपत्र पारेका थिए । उक्त जाहेरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थापालाई काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ५४ बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी