राष्ट्रिय सुरक्षामाथि असर नपर्ने गरी परिचय पत्रको व्यवस्था गर्न माग « Khabarhub

राष्ट्रिय सुरक्षामाथि असर नपर्ने गरी परिचय पत्रको व्यवस्था गर्न माग


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले राष्ट्रिय सुरक्षामाथि प्रतिकूल असर नपर्ने गरी राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नागरिकको गोपनियताको हक र राष्ट्रिय सुरक्षा प्रतिकूल नहुने गरी राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

सरकारले हाल पाँचथर र सिंहदरबारबाट राष्ट्रिय परिचय पत्र वितरणको काम शुरु गरेको छ । त्यसो गर्दा व्यक्तिको गोपनियताको हक र राष्ट्रिय सुरक्षामाथि खलल् आउन नदिन सरकारलाई सचेत रहन पनि सांसद बडुले आग्रह गरे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपट रावलले राष्ट्रिय परिचय पत्र छपाईको काम देश बाहिर नगर्न पनि सरकारलाई सचेत गराए । देश र नागरिकको सुरक्षासँग सम्बन्धित राष्ट्रिय परिचय पत्र जस्तो संवेदनशील विषय राष्ट्रिय परिचय पत्र छपाईको काम देश बाहिर गर्न नहुने उनको भनाइ थियो । सांसद रावलले राष्ट्रिय परिचय पत्र वितरणको काममा सरकारलाई हतार नगर्न पनि गम्भिर ध्यानाकर्षण गराए ।

सांसद रावलले मुलुकको सूचना बाह्य मुलुकमा पु¥याउने काम हुन नदिने गरी राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धि कानून निर्माण गर्न पनि सरकारसँग माग गरे । बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृह सचिव प्रेमकुमार राईले नागरिकहरुलाई बहुउपयोगी हुने गरी राष्ट्रिय परिचय पत्र वितरणको काम शुरु गरिएको बताए । उनले सरकारले हाल पाँचथर र सिंहदरबारबाट शुरु गरेको राष्ट्रिय परिचय पत्र वितरणको काम देशभर संचालन गर्न लागिएको जानकारी पनि समितिलाई गराए ।

समितिले राष्ट्रिय परिचय पत्र वितरणको कामलाई व्यवस्थित बनाउन त्यसको मोडालिटीमा पनि आवश्यक छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने तयारी पनि गरेको छ । समितिकी सभापति शशी श्रेष्ठले राष्ट्रिय परिचय पत्र वितरणको विषय मुलुकको सुरक्षासँग सम्बन्धित विषय भएकाले यस सम्बन्धमा विस्तृत छलफल गरी सरकारलाई आवश्यक सुझाव दिने तयारी गरिएको पनि बताइन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : ३३ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न