हाफ पाइन्टमा ३५ लाख बराबरको सुनको टाँक, भारतीय नागरिक पक्राउ « Khabarhub

हाफ पाइन्टमा ३५ लाख बराबरको सुनको टाँक, भारतीय नागरिक पक्राउ


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार दिउँसो थाई स्माईल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौँ आइपुगेका भारतीय नागरिक डेभिड मक्कर हाफ पाइन्टमा सुनको टाँक (बटन) लगाएको अवस्थाको पक्राउ परेका हुन् ।

उनले पाँच वटा हाफ पाइन्टभित्र अस्वाभाविक संख्यामा जडान गरिएका टाँकभित्र स–सानो रिङ् बनाएर ४२६ ग्राम सुन लुकाइछिपाई ल्याएका थिए ।

प्रत्येक बटनमा २ वटा सुनका रिङलाई फिट गरेर ल्याइएको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । सुनको प्रचलित बजार मूल्य करिब ३५ लाख रुपैयाँ रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ५९ बजे

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद