हाफ पाइन्टमा ३५ लाख बराबरको सुनको टाँक, भारतीय नागरिक पक्राउ « Khabarhub

हाफ पाइन्टमा ३५ लाख बराबरको सुनको टाँक, भारतीय नागरिक पक्राउ


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार दिउँसो थाई स्माईल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौँ आइपुगेका भारतीय नागरिक डेभिड मक्कर हाफ पाइन्टमा सुनको टाँक (बटन) लगाएको अवस्थाको पक्राउ परेका हुन् ।

उनले पाँच वटा हाफ पाइन्टभित्र अस्वाभाविक संख्यामा जडान गरिएका टाँकभित्र स–सानो रिङ् बनाएर ४२६ ग्राम सुन लुकाइछिपाई ल्याएका थिए ।

प्रत्येक बटनमा २ वटा सुनका रिङलाई फिट गरेर ल्याइएको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । सुनको प्रचलित बजार मूल्य करिब ३५ लाख रुपैयाँ रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ५९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल